Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » चालिसे र बरालको दाबी : ‘भाग लगाएर खान आएकाले विकास गर्दैनन्’

चालिसे र बरालको दाबी : ‘भाग लगाएर खान आएकाले विकास गर्दैनन्’

बिग न्यूज
पोखरा, १४ मंसिर । निर्मलपोखरीमा विहिबार नेपाली काँग्रेसका प्रतिनीधिसभा उम्मेदवार देवराज चालिसे र प्रदेशसभा उम्मेदवार गुरु बराल सँयुक्त रुपमा भोट माग्दै मतदाताहरुको पुगेका छन् । उनीहरुले साविक निर्मलपोखरीमा पर्ने विभिन्न ६ वटा स्थानमा सँयुक्त रुपमा चुनावी सभाको आयोजना गर्दै सम्बृद्धि र विकासको लागि नेपाली काँग्रेसलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गरे ।

सम्बोधनको क्रममा प्रतिनीधिसभा उम्मेदवार देवराज चालिसेले नेपाली काँग्रेस मात्रै लोकतान्त्रिक पद्दती मान्ने पार्टी भएकोले जनताले उसलाई नै भोट हालेर जिताउनुपर्ने बताए । ‘अहिलेको चुनाव भनेको लोकतन्त्रबादी र अधिनायकबादीहरुबीचको जनमतसंग्रह जस्तै हो । त्यसैले स्वतन्त्रता, लोकतन्त्र र सम्बृद्धिको चाहना गर्ने सबैले यो पटक काँग्रेसलाई नै भोट हाल्नुपर्छ ।’चालिसेले भने–‘अन्यथा देश झन् बढि समस्यामा फँस्नेछ । र, एकतन्त्रिय अधिनायकबादी शासनसत्ता देशमा चल्नेछ ।’

उनले संसारबाटै विलय भैसकेको शासन पद्दती नेपालका कम्यूनिष्टहरुले ल्याउन खोजेको बताउँदै त्यो सम्भव नभएको समेत बताए । साथै उनले हाल गठबन्धन गरिरहेका भनिएका बाम पार्टीहरु वास्तवमै ‘वाम’ नभएको जिकिर गरे ।

त्यस्तै अर्का प्रभावशाली युवा नेता तथा प्रदेशसभातर्फका उम्मेदवार गुरु बरालले आफू जनताको सेवा गर्न राजनीतिमा आएको बताउँदै सेवा गर्ने मौका दिन मतदातामाझ अपील गरे । उनले आफू निर्वाचित भएसँगै आफ्नो क्षेत्रको विकासको लागि पहल गर्ने र त्यसको लागि गुरुयोजना तयार पारिसकेको स्पष्ट पारे ।

युवाहरुको रोजगारीमा वृद्धिसँगै आफ्नो निर्वाचन क्षेत्र र प्रदेशकै सम्बृद्धिको लागि आफूले राजनीतिक हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै उनले काँग्रेसको पक्षमा भोट हाल्न आह्वान गरे । काँग्रेसबाट मात्रै सम्बृद्धि सम्भव भएको उल्लेख गर्दै उनले अन्य प्रतिस्पर्धीहरुको झुठो आश्वासनमा नलाग्न मतदातालाई आग्रह गरे । उनले गठबन्धनको नियत नै मिलेर अनि भाग लगाएर खाने भएकोले उनीहरुले जनताको पक्षमा काम गर्न नसक्ने ठोकुवा समेत गरे ।

चालिसे र बराल विहिबार निर्मलपोखरीको ठुलिस्वाँरा, लामाखेत, बाँसपानी, शिवालय, फोक्सिङकोट, धुस्र्यानी लगाएतको स्थानमा चुनावी सभामा सहभागी भएका थिए ।

Check Also

गुडिरहेको बसबाट हजुरआमासँगै खसेका २२ दिनको बच्चाको मृत्यु, नमस्ते हस्पिटलले उपचार नगरेको गुनासो

रञ्जन अधिकारी / मंसिर २४ गते दिउँसो गुडिरहेको बसबाट खसेर एक बृद्धा र बच्चा एक्कासी सडकमै …