Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » ढिकुरपोखरी समाजको साधारणसभामा मृगौलापीडितलाई सहयोग

ढिकुरपोखरी समाजको साधारणसभामा मृगौलापीडितलाई सहयोग

पोखरा, २५ कार्तिक / ढिकुर पोखरी समाज, पोखराले आफ्नो दशौं साधारणसभासँगै स्थानीय मृगौला पीडित गंगा दाहाल उपचारार्थ ४० हजार रुपैंया संकलन गरी सहयोग प्रदान गरेको छ । पोखरामै उपचाररत दाहाललाई समाजमा आबद्ध सदस्यहरुले स्वेच्छाले सो रकम संकलन गरी दान गरेका हुन् ।

कास्कीकै अन्नपूर्ण गाउँपालिका अन्तर्गतको वडा नं. १, २ र ३ सम्मिलित ढिकुपोखरीबाट पोखरा आई बसोबास गर्नेहरुको साझा समाजको साधारणसभाको उद्घाटन स्थानीय समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गरे ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले आफ्नो ठाउँमै आएर सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए । उनले गाउँ छाडेर पोखरामा बसोबास गरेपनि आफ्नो जन्मथलोको सेवामा सदा तत्पर रहने हेतु समाजले गतिविधि अघि बढाएकोमा सन्तोष व्यक्त गरे ।

कार्यक्रममा सल्लाहकारहरु रामचन्द्र पौडेल, आशबहादुर गुरुङ, कुलबहादुर गुरुङ कुलु, लोकराज भण्डारी लगायतले गाउँको सेवा र विकासमा लाग्नुपर्ने बताए ।

समाजका अध्यक्ष लालबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बाबुराम भण्डारीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । दुई प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

सो अवसरमा समाजले भ्याली फुड्स प्रालिका प्रोप्राईटर लोकनाथ भण्डारी, होटल बाराहीका हरिप्रसाद पौडेल, केफ उच्च माविका डाईरेक्टर लोकराज भण्डारी, गायिका सरीता अधिकारीलाई सम्मान गरेको थियो । यस्तै, कक्षा १२ उत्तीर्ण १३ जना विद्यार्थीलाई समेत सम्मान गरियो ।

२०६४ सालमा स्थापित समाजमा हाल २४० आजीवन सदस्य तथा ३६० जना साधारण सदस्य आबद्ध छन् ।

 

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …