Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » इक्यान टोली नौ दिने अवलोकन तथा सद्भावना भ्रमणका क्रममा यूकेमा

इक्यान टोली नौ दिने अवलोकन तथा सद्भावना भ्रमणका क्रममा यूकेमा

बिग न्युज पोखरा, १८ असार / नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को ११ सदस्यीय टोली यूके पुगेका छन् । बेलायतको नौ दिने अवलोकन तथा सद्भावना भ्रमणका क्रममा शनिबार काठमाण्डौंबाट प्रस्थान गरेको टोली अहिले लण्डन पुगिसकेको छ ।

इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा गएको टोलीमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष लगायत सहभागी छन् । राजधानी बाहिरका एक जना समेटिएको टोलीमा इक्यान चितवनका अध्यक्ष जीवन रिजाल सामेल छन् ।

ब्रिटिश काउन्सिलको आयोजनामा गएको ११ जना परामर्शको समूहमा ब्रिटीश काउन्सिलका बिजनेस डिपार्टमेन्ट प्रमुख भिक्रान्त गुरुङ पनि सामेल छन् । सो टोलीले लण्डन, स्कटल्याण्ड लगायतमा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीको अवलोकन गर्नुका साथै अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

ब्रिटिश काउन्सीलको आयोजना र इक्यानकै समन्वयमा यस्तै अवलोकन यात्रा कार्यक्रम गत सन् २००८ को मार्चमा तत्कालिन इक्यान अध्यक्ष उत्तम प्रसाद पन्तको अगुवाईमा भएको थियो । र, सो यात्रामा काठमाडौँभन्दा बाहिरबाट पोखराका शैक्षिक परामर्शदाता महेश भण्डारी पनि सहभागी थिए ।

Check Also

उपसभामुख एमाले प्रवेश, एमालेले हिमाल पहाड तराई जोड्ने काम गरे: यादव

आश्विन २९, २०७४-निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन् । एमाले …