Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » शवसहित मतदान गर्न पुगे मलामी
?????????????????????????????????????????????????????????

शवसहित मतदान गर्न पुगे मलामी

बिग न्यूज
पाल्पा, २१ मंसिर । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।

हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैँचाबाट मतदान गरेका छन् ।

 

Check Also

कास्कीमा ७० प्रतिशत मतदान, मुलुकभर ६७ प्रतिशत, शुक्रबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बसी मतगणना

पोखरा, २१ मंसिर / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीमा ७० प्रतिशत मत खसेको छ …