Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » भोट माग्न खेत मै पुगे उम्मेदवार

भोट माग्न खेत मै पुगे उम्मेदवार

बिग न्यूज
पोखरा, २४ कात्तिक । नेपाली काग्रेका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नं १ प्रदेश क बाट उम्मेदवारी दिएका जीवन परियार घर दैलो अभियान अन्तर्गत जनताको घर दैलोमै काम गर्न पुगेका छन् । आफूले जनताको दुख र मर्म वुझेको व्यक्त गर्दे स्थानिय आवश्यकता अनुशार काम गर्ने समेत वताएका छन् ।

स्थानिय कृषकलाई घाटामा पारि व्यापारी र बिचौलियाले मात्र नाफा कुम्ल्याउने परिपाटी रोक्न आफुले पहलकदमी चाल्ने उनले कृषकहरुसंग प्रतिबद्धता जनाएका छन् ।

उनले कृषकहरुलाई अधिकार सम्पन्न गराउनकै लागि भएपनि काँग्रेसलाई भोट हालेर जिताउनुपर्ने अहिलेको आवश्यकता भएको समेत उल्लेख गरे । कम्यूनिष्टहरु एकतन्त्रीय शासनमार्फत देशलाई साम्यबादमा लाने कुरा गरिरहेको अवस्थामा त्यसलाई निस्तेज गर्नुपर्ने चेत जनतामा आउनुपर्नेमा उनले जोड दिए ।

त्यसै गरी काग्रेस क्षेत्र नं १ मा चुनाव प्रचारका लागि सबै महाधिवेशन प्रतिनीधिहरुले सघाउने भएका छन् । क्षेत्र नं १ अन्तर्गत रहेका नेपाली काग्रेसका महाधिवेसन प्रतिनीधिहरुले चुनावमा सबै परिचालित भई क्षेत्र नं १ मा काग्रेसलाई चुनाव जिताउन प्रतिवद्धता गरेको महाधिवेसन प्रतिनिधी कुमार सुनारले बताएका छन् ।

वहालवाला कानुन न्याय तथा संसदिय मामिला मन्त्री यज्ञ वहादुर थापा र पुर्व सभामुख तारानाथ रानाभाटको मुख्य क्षेत्र रहेको काग्रेस क्षेत्र नं १ काग्रेसको गढ मानिन्छ ।

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …