Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » ५५ प्रतिशत भन्दा बढि मत खस्यो कास्कीमा

५५ प्रतिशत भन्दा बढि मत खस्यो कास्कीमा

बिग न्यूज
पोखरा, २१ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणअन्तर्गत कास्कीमा दिउँसो २ः३० बजे सम्ममा ५५ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान २ः३० बजेसम्म करिब ५५ प्रतिशत मतदान भईसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

कास्कीका सबै केन्द्रहरुमा शौहार्दपूर्ण वातावरणमा मतदान चलिरहेको उनले बताए । कहिकतै मतदान अवरुद्ध छैन । मतदाता विस्तारै आउने र मत हालेर जाने कार्य भैरहेको छ । भीडभाड पनि छैन । सुनसान पनि छैन सुवेदीले भने ।

३ निर्वाचन क्षेत्र रहेको कास्की जिल्लामा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन् । कुल १ सय ५० मतदानस्थल रहेको कास्कीमा ३ सय १७ मतदान केन्द्र रहेका छन् ।

जिल्लामा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् जसबाट नौ जना प्रतीनीधि निर्वाचित हुने छन् ।

Check Also

गुडिरहेको बसबाट हजुरआमासँगै खसेका २२ दिनको बच्चाको मृत्यु, नमस्ते हस्पिटलले उपचार नगरेको गुनासो

रञ्जन अधिकारी / मंसिर २४ गते दिउँसो गुडिरहेको बसबाट खसेर एक बृद्धा र बच्चा एक्कासी सडकमै …