Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » देवराज र गुरु बरालको बोली : ‘परिवर्तनका लागि हामीलाई जिताउनुस्’

देवराज र गुरु बरालको बोली : ‘परिवर्तनका लागि हामीलाई जिताउनुस्’

बिग न्यूज्
पोखरा, १५ मंसिर । बौद्धिक र प्रखर वक्ता मानिने काँग्रेसका युवा नेताद्धय देवराज चालिसे र गुरुप्रसाद बराल शुक्रबार सँयुक्त रुपमा प्रचारमा खटिए । साविक भरतपोखरीमा पर्ने लामगादी, थप्ल्याङ, पुँडीटार, तल्लो पुँडी, आँपुकसेरी, भञ्ज्याङ र मालागिरी लगाएतका स्थानमा उनीहरु सँगसँगै गए । अनि नेपाली काँग्रेसको पक्षमा भोट हाल्न त्यहाँका मतदातासँग आग्रह गरे ।

बोली र व्यवहारले नै प्रभाव पार्न सक्ने खुबी भएका यी दुवै नेता भरतपोखरीको विभिन्न स्थानमा पुग्दा त्यहाँका जनताको माया पाए । त्यहाँका जनताले दुवैलाई निकै आशलाग्दा उम्मेदवारको रुपमा चित्रित पनि गरेका छन् । भरतपोखरीसँग विशेष नजिक सम्बन्ध रहेका चालिसे र त्यस्तै प्रभाव छाड्न सफल बराल त्यस क्षेत्रमा पुग्दा मतदाताहरुले धेरै मागहरु पनि राखे । ती सबै मागहरुलाई दुवै उम्मेदवारहरुले पुरा गर्ने वाचा समेत दिएका छन् ।

दुवै उम्मेदवारहरुले कतिपय स्थानमा आयोजित कोणसभालाई सम्बोधन समेत गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै प्रतिनीधिसभा तर्फका उम्मेदवार देवराज चालिसेले जनतालाई केहि गर्छु भनेर आएको उम्मेदवारलाई भोट दिन आग्रह गरे । ‘कतिपय प्रतिनीधिलाई हजुरहरुले यसअघि नै धेरैपटक मौका दिईसक्नुभयो । तर उहाँको प्रभाव कस्तो छ भन्ने कुरा तपाईहरुलाई राम्रैसँग थाहा छ ।’ उनले भने–‘अहिले हामी हजुरहरुको घरदैलोमा तपाईको माग पुरा गर्छौँ भनेर वचन दिएका छौँ । एकचोटी हामीलाई जिताएर हेर्नुस्, अवश्य परिवर्तन पाउनुहुनेछ ।’

त्यस्तै प्रदेशसभातर्फका उम्मेदवार गुरुप्रसाद बरालले जनताकै सेवा गर्ने उद्देश्यसहित आफू राजनीतिमा लागेकोले एउटा सेवकको रुपमा आफूलाई छान्न भरतपोखरीबासीसमक्ष उनले आग्रह गरे । जनताको सुख र दुखमा सँधै साथ दिने उल्लेख गर्दै बरालले त्यहाँको विकासका लागि आफुले गुरुयोजना तयार पारिसकेको जानकारी दिए । उनले भरतपोखरीलाई लक्षित गर्दै खानेपानी, बाइरोड र सिँचाईको आयोजनालाई आफ्नो पहिलो प्राथमिकतामा राखेको उनले बताए ।

त्यस्तै चालिसे र बरालको टोलीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ स्थित महतगौँडामा पनि घरदैलो कार्यक्रम गरेको थियो । घरदैलोमा काँग्रेसको पक्षमा भोट माग्दै उनीहरुले स्थानियको समस्या समाधानका लागि सक्दो पहल गर्ने वचन दिएका थिए ।

Check Also

गुडिरहेको बसबाट हजुरआमासँगै खसेका २२ दिनको बच्चाको मृत्यु, नमस्ते हस्पिटलले उपचार नगरेको गुनासो

रञ्जन अधिकारी / मंसिर २४ गते दिउँसो गुडिरहेको बसबाट खसेर एक बृद्धा र बच्चा एक्कासी सडकमै …