Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » प्रशासनले दिउँसो गाडी चलाउन नदिए निर्माण सामाग्रीको मुल्य बढ्ने !

प्रशासनले दिउँसो गाडी चलाउन नदिए निर्माण सामाग्रीको मुल्य बढ्ने !

बिग न्यूज
पोखरा, २२ असोज । दिउँसोको समयमा निर्माण सामाग्री बोक्ने सवारीसाधनहरु शहरभित्र चल्न नपाउने नियम बनेसंगै क्रसर व्यवसायीहरुले यसको विरोध गरेका छन् । उनीहरुले यो वैज्ञानिक नभएको बताएका छन् ।

बढ्दो सवारी साधन र ट्राफिक जामलाई मध्यनजर गर्दै कास्की प्रशासनले पोखरामा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मालबहाक सवारी सञ्चालनमा रोक लगाएको हो । तर गण्डकी क्रसर उद्योग व्यवसायी संघले यो निर्णय सच्याउन प्रेस विज्ञप्ती जारी गर्दै प्रशासनसमक्ष आग्रह गरेको छ ।

संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले विज्ञप्ति जारी गरी यातायात व्यवस्थापन समितिको बैठकबाट गरिएको उक्त निर्णय सच्याउन आग्रह गरिएको छ । असोज २ गते उक्त निर्णय गरिएको थियो । दिउसोको समयमा बजार क्षेत्रमा निर्माण सामाग्री बोेकेका मालबहाक सवारी सञ्चालनमा रोक लगाइनु अव्यवहारिक निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

रातको समयमा मजदुरलाई काममा खटाउन नसकिने भएकाले व्यवसायीहरु मर्काका परेको त्रिपाठीले बताए । विकास आयोजनामा क्रसरजन्य सामानको अभाव हुन सक्ने तथा मूल्यसमेत बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

Check Also

पोखरा–काठमाडौं रुटमा ‘विश्वकै उत्कृष्ट बस’ ! प्रत्येक सिटमा टिभी, खाना टेबल

पोखरा, ५ असोज/यातायातका साधनमा लगानी गर्दै आएको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सहितको सुपरडिलक्स …