Listen BIG FM 101.2 MHz LIVE

Get the Flash Player to see this player.
Latest News
Home » Local News » कास्कीको सैमराङस्थित भगवती वरालडाँडामा माघे सङ्क्रान्ति मेला हुने
कास्कीको सैमराङस्थित भगवती वरालडाँडामा माघे सङ्क्रान्ति मेला हुने

कास्कीको सैमराङस्थित भगवती वरालडाँडामा माघे सङ्क्रान्ति मेला हुने

पोखरा, २७ पुस-
कास्कीको सैमराङ गाविस–८ र ९ को बीचमा पर्ने भगवती वरालडाँडामा माघ १ र २ गते माघे सङ्क्रान्ति मेला हुने भएको छ ।

‘वरालडाँडा जाऔँ, भगवतीमाईको दर्शन गरौँ’ भन्ने मूल नाराका साथ वरालडाँडा तमु समाजको आयोजनामा हुन लागेको सो मेलामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता, दोहोरी लोकगीत प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम र छेलो हान्ने प्रतियोगिता गरिने समाजका अध्यक्ष चीनबहादुर गुरुङले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले रु २५ हजार र द्वितीय हुने टोलीले रु १५ हजार पुरस्कार पाउने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*