Listen BIG FM 101.2 MHz LIVE

Get the Flash Player to see this player.
Latest News
Home » Local News » पोखराको बाराहीचोकस्थित ट्राई स्टार रेस्टुरेन्टमा आगलागी
पोखराको बाराहीचोकस्थित ट्राई स्टार रेस्टुरेन्टमा आगलागी

पोखराको बाराहीचोकस्थित ट्राई स्टार रेस्टुरेन्टमा आगलागी

पोखरा, २७ पुस-
पोखराको बाराहीचोकस्थित ट्राई स्टार रेस्टुरेन्टमा मङ्गलबार राति आगलागी हुँदा रेस्टुरेन्ट पूर्णरुपमा जलेर क्षति भएको छ ।

वडा प्रहरी कार्यालय बैदामका हबलदार राजेन्द्र चौधरीका अनुसार राति करिब १०ः४५ बजे रेस्टुरेन्टमा आगजनी भएकोमा सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा राति १ बजे मात्र आगलागी नियन्त्रण भएको थियो ।

काठैकाठले निर्मित उक्त रेस्टुरेन्ट स्थानीय धर्मेन्द्र बाटाजूले केही वर्षअघि सञ्चालनमा ल्याएका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*