Listen BIG FM 101.2 MHz LIVE

Get the Flash Player to see this player.
Latest News
Home » Big Audio

Big Audio

रेडियो नाटक ‘एउटा कथा यस्तो पनि’ अब युट्युबमा (कार्यक्रम सहित)

असोज ९ गते-
पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएम १०१.२ मेगाहर्जबाट प्रसारण हुँदै आईरहेको रेडियो नाटक ‘एउटा कथा यस्तो पनि’ अब युट्युबमार्फत् पनि सुन्न सकिने भएको छ ।
एफएमबाट हरेक शनिबार राती ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुँदै आईरहेको नाटक ‘एउटा कथा यस्तो पनि’ का हरेक भाग अब युट्युबमार्फत् पनि सार्वजनिक गर्न सुरु गरिएको विग एफएमका प्रोडक्सन म्यानेजर तथा नाटक निर्देशक शंकर तिवारीले जानकारी दिए ।
रेडियोमा सुन्न नभ्याउने श्रोतालाई लक्षित गरी श्रोताकै माग अनुसार नाटक युट्युबमा राख्न सुरु गरिएको उनले बताए ।
एफएमको स्थापना कालदेखि नै प्रसारण हुँदै आईरहेको यो नाटक श्रृङ्खला पोखरा र आसपासका श्रोताबिच निकै लोकप्रिय रहेको छ ।
नाटक ‘एउटा कथा यस्तो पनि’ युट्युबमा सुन्न तल क्लिक गर्नुहोलाः

बिग आइकन विजेताले पाए ‘हिरो ड्यास’ स्कुटर

रेम बिक
पोखरा, ३ चैत | छैठौँ बिग आइकन विजेता साजन आलेले बुधबार पुरस्कार स्वरुप ‘हिरो ड्यास स्कुटर’ प्राप्त गरेका छन् । ‘हिरो ड्यास स्कुटर’को आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङको पोखरा शाखाले बिग आइकन विजेता साजन आलेलाई बुधबार स्कुटर प्रदान गरेको हो ।

नेपाल जनरल मार्केटिङको पोखरा शाखाका म्यानेजर उद्धव मैनालीले आलेलाई स्कुटर प्रदान गरेका थिए । उनले आलेलाई स्कुटर प्रदान गर्नुका साथै साँगीतिक सफलताको शुभकामना समेत दिए । ‘साजनको साँगीतिक यात्रा सुखद रहोस् ।’ उनले भने–‘एउटा साँगीतिक प्रतिभालाई यसरी सम्मान गर्न पाउँदा हामीलाई पनि सामाजिक उत्तरदायित्व वहन भएको महशुस भएको छ । र, यस्तो मौका मिलाउने बिग एफएमप्रति पनि हामी कृतज्ञ छौँ ।’ कम्पनीको ब्राण्डिङमा बिग आइकनको भुमिका निकै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि बिग एफएमसँग सहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाए ।

त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले पनि साजनलाई बधाई ज्ञापन गरे । उनले साजन जस्ता प्रतिभालाई प्रस्फुटन गराउन हिरो ड्यास र नेपाल जनरल मार्केटिङ जस्ता कम्पनीको साथले मात्र सम्भव भएकोले आगामी दिनमा पनि यस्तै सहयोग पाउने अपेक्षा गरे । साथै उनले केहि समयमा नै पाँचौ बिग आइकन कुन्साङ गुरुङ र छैठौँ बिग आइकन साजन आले साँगीतिक भ्रमणका लागि बेलायत जाने कुरा पनि बताए । बिग आइकन विजेतालाई बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर द ब्रिटिश कलेजले उपलब्ध गराएको हो ।

त्यसैगरि बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले बिग आइकन नेपालकै उत्कृष्ट गायन रियालिटि शो भएको उल्लेख गर्दै यसमा बिजनेश हाउसहरुको सबैभन्दा ठुलो हात भएको बताए । साथै उनले आगामी ईभेन्टहरुमा पनि हिरो र यसको विक्रेता कम्पनी नेपाल जनरल मार्केटिङसँग सहकार्य भैरहनुपर्नेमा जोड दिए । कार्यक्रमलाई बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले संचालन गरेका थिए ।

Miss Pokhara 2015 Special: ‘Platform’ ईभेन्ट्स फर यु का चेयरम्यान विशाल गुरुङसँग प्रस्तोता प्रज्वल अधिकारी

Miss Pokhara 2015 Special: ‘Platform’ ईभेन्ट्स फर यु का चेयरम्यान विशाल गुरुङसँग प्रस्तोता प्रज्वल अधिकारीले गरेको कुराकानी ।

(पहिले राईट टपमा देखिएको रेडियो बन्द गर्नुपर्ने हुन्छ र लिन्कमा प्ले अप्सन खिच्नुहोस् ।)

Miss Pokhara 2015 Special: ‘3pm’ सौन्दर्यविद् चिनु गुरुङसँग प्रस्तोता प्रज्वल अधिकारी

Miss Pokhara 2015 Special: ‘3pm’ सौन्दर्यविद् चिनु गुरुङसँग प्रस्तोता प्रज्ज्वल अधिकारीले गरेको कुराकानी ।

(पहिले राईट टपमा देखिएको रेडियो बन्द गर्नुपर्ने हुन्छ र लिन्कमा प्ले अप्सन खिच्नुहोस् ।)

Miss Pokhara 2015 Special: ‘Can Be’ कार्यक्रम संयोजक जेसी किरण केसीसँग प्रस्तोता प्रज्ज्वल अधिकारी

Miss Pokhara 2015 Special: ‘Can Be’ कार्यक्रम संयोजक जेसी किरण केसीसँग प्रस्तोता प्रज्ज्वल अधिकारीले गरेको कुराकानी । (पहिले राईट टपमा देखिएको रेडियो बन्द गर्नुपर्ने हुन्छ र लिन्कमा प्ले अप्सन खिच्नुहोस् ।)

Camera 360

Miss Pokhara 2015 Special: ‘Platform’ स्पोन्सर अतिथि रिसोर्ट एण्ड स्पा सञ्चालक भरतराज शर्मा

Miss Pokhara 2015 Special: ‘Platform’ स्पोन्सर अतिथि रिसोर्ट एण्ड स्पा सञ्चालक भरतराज शर्मासँग प्रस्तोता प्रज्ज्वल अधिकारीले गरेको कुराकानी ।

(पहिले राईट टपमा देखिएको रेडियो बन्द गर्नुपर्ने हुन्छ र लिन्कमा प्ले अप्सन खिच्नुहोस् ।)

Miss Pokhara 2015 Special: ‘Can Be’ स्पोन्सर चेरिस्मा ईम्पोरियमका सीता बरालसँग प्रस्तोता प्रज्ज्वल अधिकारी

मिस पोखरा २०१५ को एक स्पोन्सर चेरिस्मा ईम्पोरियम एण्ड बुटिकका मेनेजिङ डाईरेक्टर सीता बरालसँगको कुराकानी ।

(पहिले राईट टपमा देखिएको रेडियो बन्द गर्नुपर्ने हुन्छ र लिन्कमा प्ले अप्सन खिच्नुहोस् ।)

Miss Pokhara Special: ‘Can Be’ कोरियोग्राफर जयन सुब्बा मानन्धरसँग प्रस्तोता प्रज्ज्वल अधिकारी

कोरियोग्राफर जयन सुब्बा मानन्धरसँग प्रस्तोता प्रज्ज्वल अधिकारीले गरेको कुराकानी सुन्नुहोस् । (पहिले रेडियो बन्द गर्नुपर्ने हुन्छ र प्ले अप्सन खिच्नुहोस् ।)

Miss Pokhara Special- ‘Can Be’ मा प्रज्ज्वल अधिकारीले सरीता गुरुङ र शोभा केसीसँग गरेको कुराकानी ।

पोखरा जेसीजले आयोजना गरेको मिस पोखरा २०१५ को ग्राण्ड फिनाले पुस १५ गते हुँदैछ । व्यवस्थापन ईभेन्टस् फर युले गरेको छ । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम ईभेण्टको मिडिया पार्टनर हो ।

चर्चित कार्यक्रम ‘Can Be’ मा प्रज्ज्वल अधिकारीले सब स्पोन्सर ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रालि, पोखरा शाखा भाटभटेनीकी सरीता गुरुङ र मिस पोखरा २०१३ की सेकेण्ड रनर अप शोभा केसीसँग गरेको कुराकानी ।