Listen BIG FM 101.2 MHz LIVE

Get the Flash Player to see this player.
Latest News
Home » Business » अमेरिका र अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई ‘एनमार्क’को ‘काउन्सलिङ प्याकेज’
अमेरिका र अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई ‘एनमार्क’को ‘काउन्सलिङ प्याकेज’

अमेरिका र अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई ‘एनमार्क’को ‘काउन्सलिङ प्याकेज’

रेम बिक
पोखरा, २७ पुस । शैक्षिक परामर्श दिँदै आएको संस्था ‘एनमार्क एजुकेशन’ले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि विशेष कार्यक्रम ल्याएको छ । उसले विद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गर्दै शैक्षिक परामर्शको विशेष खाका तयार पारेको छ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई त्यहाँ पुगिसकेपछि कुनै अप्ठेरो नहोस् भन्ने हेतुले संस्थाले नयाँ अवधारणासहित आउन चाहेको जनाएको छ । यो संस्थाले खासगरि अमेरिका र अष्ट्रेलियालाई लक्षित गर्दै विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।

२०१३ देखि पोखराको महेन्द्रपुलमा शैक्षिक परामर्श केन्द्र ‘एनमार्क’ स्थापना गरेर विद्यार्थीहरुलाई परामर्श दिँदै आएका परामर्शदाता नसिब क्षेत्रीको बुझाईमा नेपालभन्दा विदेशी कलेज र युनिभर्सिटिको पढाई उच्चस्तरको भएकै कारण विद्यार्थी त्यता जान चाहन्छन् । ‘अन्तराष्ट्रियस्तरका युनिभर्सिटिमा अध्ययन गर्नासाथै उनीहरु ठुलो बजारमा आफुलाई बिकाउन सक्छन् ।’ उनले भने–‘नेपालको पढाईपछि यस्तो खाले अवसर निकै थोरै मात्रै विद्यार्थीले पाउने गरेका छन् ।’

भविष्य सुनिश्चितताका लागि विद्यार्थीहरुको रोजाईमा अन्तराष्ट्रियस्तरका युनिभर्सिटिहरु पर्ने र त्यसका लागि विदेश जानुपर्ने बाध्यता रहेको उनले सुनाए । यद्यपी त्यसका लागि उचित शैक्षिक परामर्श भने विद्यार्थीले नेपालकै लिनुपर्ने उनी बताउँछन् । उनले वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थी तथा उनीहरुको अभिभावकलाई उचित परामर्श लिन आवश्यक रहेको बताउँछन् ।

‘एनमार्क एजुकेशन कन्सल्टेन्सी’ परामर्शको लागि एउटा गतिलो थलो बन्न सक्ने उनले बताए । खासगरि एनमार्कले अमेरिका र अष्टे«लिया जान चाहने विद्यार्थीहरुलाई परामर्शको लागि आउन आह्वान गरेको छ । ‘अन्तराष्ट्रिय डिग्री र एक्सपोजर मात्रै देखेर विदेश जाँदा कतिपय विद्यार्थीहरु ठगिएका पनि छन् । विदेशमा गएर दुख पाएका पनि छन् । त्यसैले त्यहाँको बारेमा सबै कुरा यहिँ जानेर गएको खण्डमा विद्यार्थीलाई सहयोग पुग्नेछ ।’ क्षेत्रीले भने ।

एनमार्ककै सिनियर काउन्सलर सामना अधिकारीका अनुसार एनमार्कले वर्षेनी ५० जना भन्दा बढि विद्यार्थीहरुलाई अमेरिका र अष्ट्रेलिया पठाउँदै आएको छ । ‘हामीसँग आएका विद्यार्थीहरुलाई हामीले काउन्सलिङसँगै भिसा प्रासेसिङ पनि गर्दै आएका छौँ ।’ अधिकारीले भनिन्–‘हामीमार्फत जाने विद्यार्थीहरुका लागि हामीले अष्ट्रेलियाका ५ वटा र अमेरिकाका ४ वटा यूनिभर्सिटिसँग एशोसियट गरेका छौँ ।’

अधिकारीका अनुसार पछिल्लो समय अमेरिकाका लागि आउने विद्यार्थीहरु बढि भएपनि ‘भिसा सक्सेस रेट’को हिसाबले अष्ट्रेलिया जाने विद्यार्थीहरु धेरै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*