Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » निराहार ब्रत बसी छातीमै जमारा उमार्न लागे (हेर्नुहोस् भिडियो सहित)

निराहार ब्रत बसी छातीमै जमारा उमार्न लागे (हेर्नुहोस् भिडियो सहित)

पोखरा, ९ असोज / पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २४ कास्कीकोटमा रहेको गुप्तकालीका मन्दिरमा आयोजित नवदुर्गा महोत्सव जारी रहेको छ ।

विश्व शान्ति कामनार्थ नवदुर्गाको दश दिन यहा विहान बेलुका नगरा पुजा पाठ हुने गर्छ । गुप्तकालीका मन्दीर परिसरमा आफ्नो छातीमा जमरा राखेर निराहार तथा मौन व्रत वसेका लेखनाथ सुवेदीलाई हेर्नेरुको भिड लाग्न थालेको गुप्तकाली धार्मिक क्षेत्र विकास समितीका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए ।

मन्दिरको उनन्यनका लागि उनी छातीमा जमरा राखी ब्रत वसीरहेका छन् ।

सप्तमीको दिन पोखराको राम घाट वाट भजन कृर्तन सहित फुल पत्रको डोली मन्दीरमा प्रवेश गराउने गरिन्छ । सोही दिन विश्वमानै लोप उन्मुख कुवर जातीको सरुङ खेल सत्रौ शताव्दीका ढाल तरवार तथा नगरा धोपहरु समेत प्रर्दशन गरीने समितीका अध्यक्ष दिलीप विक्रम शाहीले बताए ।

गुप्तकालीका मन्दीरमा तान्त्रिक तथा वैदीक पुजा हुन्छ मन्दिरको दर्शन गर्न टाढा टाढा वाट हजारौ श्रदालु भतmजनहरुको उपस्थीती रहने गर्छ ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …