Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » कास्कीकोटमा गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप

कास्कीकोटमा गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप

बिग न्यूज
पोखरा, २१ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कास्कीकोटको कालिका मावि मतदात केन्द्रमा झडप भएको छ ।

फरक पार्टीले आफ्ना कार्यकर्ताको भोट जबरजस्ती हालेको आरोप लगाउँदै बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि मतदान केन्द्रमा स्थिती तनावग्रस्त भएको थियो । यद्यपी अहिले त्यहाँको स्थिती सामान्य भएको स्थानियले बताएका छन् ।

मतदाताहरु मतदानका लागि लाईनमा छन् । घटनास्थलमा प्रहरीको सुरक्षा व्यवस्था अझै कडा र चुस्त पारेर राखिएको त्यहाँबाट पत्रकार गौरव त्रिपाठीले जानकारी दिएका छन् ।

Check Also

गुडिरहेको बसबाट हजुरआमासँगै खसेका २२ दिनको बच्चाको मृत्यु, नमस्ते हस्पिटलले उपचार नगरेको गुनासो

रञ्जन अधिकारी / मंसिर २४ गते दिउँसो गुडिरहेको बसबाट खसेर एक बृद्धा र बच्चा एक्कासी सडकमै …