Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल तात्यो

कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल तात्यो

बिग न्यूज
पोखरा, २२ कात्तिक । आसन्न प्रतिनीधिसभा चुनाव र प्रदेश चुनावमा उम्मेदवारी दिएका नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुलाई जिताउनका लागि नेपाली काँग्रेस कास्कीले प्रचारलाई तिव्रता दिएको छ । नेपाली काँग्रेस कास्कीले उम्मेदवारहरुका लागि ‘सेड्युल’ नै बनाएर प्रचारप्रसारलाई तिव्रता दिएको हो ।

‘प्रदेश र प्रतिनीधि सभामा उम्मेदवारी दिएका कास्की काँग्रेसका ९ जनै प्रत्यक्ष सहित समानुपातिक उम्मेदवारहरुलाई समेत हामीले सेड्युल उपलब्ध गराईसकेका छौँ ।’ नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले भने–‘एकदमै व्यवस्थित तरिकाले उहाँहरुको घरदैलो र चुनावी सभाको तयारी गरेका छौँ ।’

त्यस्तै पार्टीले प्रचारका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । पार्टीका विभिन्न संघसंस्थाहरुसँग निर्वाचन समितिले आन्तरिक सरसल्लाह समेत गरिरहेको छ । त्यस्तै उम्मेदवारहरुले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न हिसाबले प्रचारलाई तिव्रता दिईरहेका छन् ।

यो पनि पढ्नुस् :

‘रविन्द्र अधिकारीले एनसेल खरिद विक्रि काण्डमा घुस खाएका छन्’ : कुमार खड्का

‘आर्थिक पारदर्शिता र राजनीतिक अनुशासन भएको प्रतिनीधि छनौट गर्नुहोस्’ : देवराज चालिसे

लोकतान्त्रिक सँस्कारलाई संस्थागत गर्न काँग्रेसलाई भोट : गुरुप्रसाद बराल

‘स्थानिय चुनावको क्षतीपुर्ती अहिले लिन्छौँ’ : बिन्दुकुमार थापा

प्रदेशकै मुटुमा काँग्रेसको जित आवश्यक : आनन्दराज मुल्मी

कास्की क्षेत्र नम्बर १ मा काँग्रेसको घरदैलो शुरु

नेपाली काग्रेस कास्की क्षेत्र नं १ मा काँग्रेसका उम्मेदवारहरुले घरदैलो कार्यक्रम शुरु गरेका छन् । प्रतिनीधिसभा प्रत्यक्ष तर्फ यज्ञबहादुर थापासँगै प्रदेश क का उम्मेदवार जीवन परियार र प्रदेश ख का उम्मेदवार कृष्ण केसीले घर दैलो अभियान शुरु गरेका छन् ।

परियारले पोखरा लेखनाथ ३० शिशुवामा अवस्थीत चुनावी प्रचार कार्यलयको उद्घाटन गर्दै घर दैलो अभियान शुरु गरेका छन् ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहेका परियार आफूले यस क्षेत्रको सर्वाङ्गिण विकासमा पहिलो प्रथामीकता दिनेमा जोड दिएका छन् । त्यसै गरी नेपाली काग्रेस कास्की क्षेत्र नं १ क अन्तर्गत प्रचार समिति गठन गरेको छ । क्षेत्रीय उपसभापती शरदराज सुवेदीको संयोजकत्वमा प्रचार समिति गठन गरेको हो । समितिले क्षेत्र नं १ भित्र दैनिक प्रचार प्रशार कार्यक्रम समेत सार्वजनिक समेत गरेको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीले पनि घरदैलोलाई तिव्र पारेको छ। मङ्गलबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १० मा घरदैलो गरेको काँग्रेसले बुधबार वडा नं १२ मा घरदैलो गरेको निर्वाचन परिचालन समितिकी संयोजक सरस्वती गुरुङले जानकारी दिईन्।

घरदैलोमा कानुन मन्त्री तथा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदबार यज्ञबहादुर थापा, कास्की जिल्ला सभापति एवं प्रदेश १(ख)का उम्मेदबार कृष्ण केसी, जिल्ला सदस्य नवीन सिग्देल, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ लगायत सैयौंको संख्यामा नेता तथा कार्यकर्ता सहभागि थिए।

पूरानोधारबाट शुरु भएको घरदैलो सितलादेवी, माटेपानी, लालिगुँरास टोल, अन्नपूर्णटोल, माछापूच्छ«ेटोल, हस्पिटलचोक लगायतका क्षेत्र पुगेको थियो। यसैवीच, पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ पुरानोधारामा स्थापना गरिएको इकाइको प्रचार कार्यालय पनि बुधबार नै उद्घाटन गरिएको छ।

कार्यक्रममा कानुन मन्त्री एवं क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदबार यज्ञबहादुर थापाले लोकतन्त्र जनताको चाहाना भएको उल्लेख गरे। उनले काँग्रेसले मात्र मुलुकको हित गर्न सक्ने दावी गरे।नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले ढुक्क भएर काँग्रेसमा मतदान गर्न आग्रह गरे।

कास्की काँग्रेसका सभापति एवं प्रदेश १(ख)का उम्मेदबार कृष्ण केसीले राष्ट्रसेवा र जनसेवाका लागि समर्पित भएर लाग्ने बताए। त्यसअवसरमा समानुपातिक उम्मेदबार रसकुमारी गुरुङ, काँग्रेस क्षेत्र नं १ कास्कीका सचिव कृष्ण कोइराला लगायतले बोलेका थिए। नेपाली काँग्रेस वडा इकाइ समिति –१२ का सभापति राधेश्याम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामजी बास्तोलाले संचालन गरेका थिए।

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …