Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » अमेरिकी यूनिभर्सिटीको उत्कृष्ट ३ एजेन्टको सूचीमा पोखराको किंग्स् र मिराकल

अमेरिकी यूनिभर्सिटीको उत्कृष्ट ३ एजेन्टको सूचीमा पोखराको किंग्स् र मिराकल

रेम बिक
काठमाण्डौ, १ फागुन । अमेरिकाको भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीले छनौट गरेका नेपालका उत्कृष्ट ३ शैक्षिक परामर्श केन्द्रहरु मध्ये दुई वटा पोखराका परेका छन् । पोखराको किंग्स् ईन्स्टिच्यूट र मिराकल इन्स्टिच्यूट यूनिभर्सिटीको सूचीमा परेका हुन् । त्यस्तै उत्कृष्ट तीन मध्ये काठमाण्डौको डल्फिन कन्सल्टेन्सी पनि परेको छ ।

काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आईतबार आयोजित एक विशेष समारोहबीच यूनिभर्सिटीले नेपालका उत्कृष्ट ३ शैक्षिक परामर्श केन्द्रहरुलाई सम्मान गरेको हो । भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीको एजेन्ट को–अर्डिनेटर अहोइपा अलियोले नेपालका तीन उत्कृष्ट शैक्षिक परामर्श केन्द्रहरुलाई सम्मान प्रदान गरेका थिए ।

पोखराका दुई शैक्षिक परामर्श केन्द्र किंग्स् इन्स्टिच्यूटका कार्यकारी अध्यक्ष महेश भण्डारी र मिराकल कन्सल्टेन्सीका निर्देशक रवि भण्डारीले सम्मान ग्रहण गरेका थिए । त्यस्तै डल्फिन एजुकेशनका प्रतिनीधिले सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीका लागि नेपालबाट शैक्षिक परामर्श दिने सम्पूर्ण प्रतिनीधिहरु उपस्थित थिए ।

mahesh-sir-award

सम्मानित भैसकेपछि किंग्स् इन्स्टिच्यूटका कार्यकारी अध्यक्ष महेश भण्डारीले पोखरामा रहेर शैक्षिक परामर्श गर्ने संस्थाहरुका लागि यो सम्मान गर्व गर्न लायक भएको बताए । ‘अमेरिकाको प्रतिष्ठित यूनिभर्सिटीले नेपालभरिबाट काम गर्ने एजेन्टहरुको सूचीमा उत्कृष्ट ३ मा पोखराकै दुई संस्थाहरु पर्नु भनेको ऐतिहासिक कुरा हो ।’ भण्डारीले भने–‘पोखरामा रहेका विद्यार्थी र अभिभावकहरुलाई शैक्षिक परामर्शका लागि राजधानी धाईरहनुपर्ने दिनहरु अब सकिएको छ ।’

त्यस्तै अर्का सम्मानित संस्था मिराकल इन्स्टिच्यूटका निर्देशक रवि भण्डारीले सम्मानप्रति खुशी व्यक्त गरे । उनले भने–‘मिराकलले शैक्षिक परामर्शको क्षेत्रमा पछिल्लो समयमा गरेको व्यवसायिक सफलतालाई यो सम्मानले पुष्टि गर्छ । अझै व्यवसायिक भएर अगाडि बढ्नको लागि सम्मानले हौसला प्रदान गरेको छ ।’

सम्मानित पोखराका यी दुई शैक्षिक परामर्श केन्द्रहरुमध्ये किंग्स् इन्स्टिच्यूटले विगत १० वर्षयता यूनिभर्सिटीसँग सहकार्य गरिरहेको छ भने मिराकलले २ वर्षदेखि गरिरहेको छ ।

Check Also

पोखरा–लेखनाथ महानगरको मेयर बने मानबहादुर, स्मार्ट बन्ला त महानगर ?

पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्वार …