Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » कृष्ण थापाले पक्का जित्ने सुरक्षा श्रोतको दाबी, कांग्रेसका बराल ७ हजार मतले हार्ने

कृष्ण थापाले पक्का जित्ने सुरक्षा श्रोतको दाबी, कांग्रेसका बराल ७ हजार मतले हार्ने

पोखरा , १८ मंसिर / कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका साझा उम्मेदवार कृष्ण थापाले भारी मतले चुनाव जित्ने सुरक्षा स्रोतले बताएको छ । स्रोतका अनुसार त्यस क्षेत्रबाट थापाले जित्ने धेरै आधारहरु छन् ।

थापाले जित्ने सबै भन्दा बलियो आधार भनेको क्षेत्र नम्बर २ प्रदेश १ मा ५ वटा वडा पुरै एमालेले विगतमा जित्दै आएको वडा हुन् । पहिलो र दोस्रो सविधान सभाको चुनावमा मात्र नभएर स्थानीय चुनावमा समेत त्यस वडामा एमालेका उम्मेद्वारले जितेको हुनाले यस पटक झन बाम गठबन्धले गर्दा अत्याधिक मतले जित्ने स्रोतको दावि छ । पोखरा–७, १५, १७, २१ र ३३ वडा स्थानीय चुनावमा एमालेका उम्मेद्वारले जितेको ठाँउ भएको हुनाले थापाले सजिलै जित्ने तथ्य रहको स्रोतले बतायो ।

पोखराका अन्य वडाहरुमा भन्दा यी ५ वटै वडा एमालेका लाल किल्ला नै हुन् । पाँच वटा वडामा ३७ हजार ६ सय ५१ मतदाता छन् । स्रोतका अनुसार २७ देखी २५ हजारसम्म मत खस्यो भने बाम गठबन्धका उम्मेद्वार थापाले १२ देखी १५ हजारसम्म ल्याउने अनुमान छ भने नेपाली काग्रेसका उम्मेदवार गुरु बरालले ५ देखी ७ हजार मात्र मत ल्याउन सक्ने अनुमात छ ।

स्रोतका अनुसार थापाले जित्ने अर्को आधार भनेको कृष्ण थापा पोखराको मेयरका भएर काम गरि सकेको हुनाले तल्लो तहदेखी उपल्लो तहसम्मका जनता र राजनीतिक कार्यकर्ताले चिनेको उम्मेदवार हुन् । त्यसै माथी थापा नेकपा एमाले कास्की जिल्लाका अध्यक्ष समेत हुन् ।
नेपाली काग्रेसका उम्मेदवार गुरु बराल आफ्नौ कार्यकर्ता माझ पनि नचिनिएका उम्मेद्वार भएको हुनाले उनलाई यो चुनावमा निकै गाह्रो रहेको स्रोतले बतायो । स्रोतका अनुसार बरालले टिकट पाएकै दिन आफ्नो कार्यकतासँग आफ्नो हार स्वकार गरेका थिए । बरालले पार्टीको मान राख्न मात्र टिकट लिएको सुनाएका थिए ।

टिकट पाउदाकै दिन यो क्षेत्रमा काग्रेसको निरासा छाएको थियो । त्यही भएको हुनाले नेपाली काग्रेसका नेताहरुले कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनको हुने भनेपछि त्यहाँ प्रचार प्रसार कार्यक्रम कम गरेको स्रोतको भनाई छ । काग्रेसका नेताहरुले हार्ने ठाँउमा समय दिनु भन्दा अन्य ठाँउमा दिदा केही भेट भएनी बढ्ने भन्दै बराललाई वेवास्था गरेको स्रोतले सुनायो ।

‘हुन पनि त्यस ठाँउको नेपाली काग्रेसको उम्मेदवार गुरुको अनुहारमा चमकै छैन,’ स्रोतले भन्यो, ‘उनीसँग हिड्ने कार्यकतालेनै पहिले हार स्वीकार गरेका छन् ।’

समाधान दैनिकबाट

Check Also

कास्की क्षेत्र नं. १ को मतगणना सुरु

पोखरा, २२ मंसिर / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतदानको मतगणना कास्कीमा सुरु …