Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » के पड्क्यो यसरी लेखनाथमा ? बम कि टायर ?

के पड्क्यो यसरी लेखनाथमा ? बम कि टायर ?

रञ्जन अधिकारी पोखरा, २० मंसिर / केहि समय अघि सवा नौ बजे (२० मंसिर राति) पोखरा लेखनाथ क्षेत्रमा ठूलो आवाजमा विस्फोट भएको छ ।

स्थानीय आतंकित छन् । शहरी क्षेत्रका घरहरु नै थर्कने गरी विस्फोट भएको छ । पोखरा लेखनाथ वडा नं. २७, अर्घौं कालीगण्डकी सब स्टेशन डाँडा क्षेत्रमा विस्फोट भएको आँकलन गरिएको लेखनाथबाट पत्रकार भीमपाणी बरालले जनाए ।

डाँडा क्षेत्रमा बस्ती छैन । जंगल रहेको डाँडाको टुप्पोमा मन्दिर छ । केहि तल गन्धर्व टोल छ । लगत्तै प्रहरीलाई बुझ्दा बम पुष्टि नभएको बताएको छ । ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले अनुसन्धान भईरहेको जनाए ।

‘आवाज के हो ? कुरै बुझ्न सकिएको छैन । हामी पनि खोज्दैछौं ।’ पुरीले भने– ‘सेना, सशस्त्र र हामी सबै मिलेर अनुसन्धान गर्दैछौं । पब्लिकले पनि आवाज आयो मात्र भन्छ, कहाँ भन्नेबारे समेत पत्तो छैन । हाईवे मा पड्केको भन्छन्, टायर पड्केको हुन सक्ने विश्लेषण भईरहेको छ ।’

पत्रकार सन्दिप पौडेलले भने गुडिरहेको गाडीको टायर पड्केर यसरी घर नथर्कने बताउँछन् । स्थानीय समेत रहेका पत्रकार पौडेलले आर्मी, सशस्त्र र प्रहरीको गाडी सर्चिङमा रहेको जनाए ।

यसअघि, मंगलबार (१९ मंसिर) बिहान बसमा सवार कुनै यात्रुको कालो ब्याग सडकमै खसेछ ।

पोखरा लेखनाथ सैनिकबस्ती स्थित पोखरा विश्वविद्यालय जाने चोक नजिकै बिहानै स्थानीयले झोला देखेपछि बम आशंकामा सुरक्षानिकायलाई खबर गरे । आर्मीले बम डिस्पोजको प्रक्रिया पूरा गर्दा साढे दुई घण्टासम्म राजमार्ग ठप्प बन्यो ।

अन्तिममा कालो झोलाबाट निस्क्यो कपडा र किताब मात्रै । प्रहरीले बसबाट झरेको अनुमान गरेको छ । बम ठानेर नै झोलामा धमाका दिएपछि अन्तिममा कपडै कपडा र किताब भेटियो ।

 

Check Also

गुडिरहेको बसबाट हजुरआमासँगै खसेका २२ दिनको बच्चाको मृत्यु, नमस्ते हस्पिटलले उपचार नगरेको गुनासो

रञ्जन अधिकारी / मंसिर २४ गते दिउँसो गुडिरहेको बसबाट खसेर एक बृद्धा र बच्चा एक्कासी सडकमै …