Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » बाढी पीडितलाई माछापुच्छ्रे बैंकको सहयोग

बाढी पीडितलाई माछापुच्छ्रे बैंकको सहयोग

बिग न्यूज
पोखरा, २ असोज । माछापुच्छ्रे बैंकले तराईका बाढी पीडितहरुको लागि आर्थिक सहयोग गरेको छ । प्रधानमन्त्री उद्धार कोषमार्फत उसले बाढीबाट प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराएको हो ।

कोषमा बैंकले २१ लाख ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएको जानकारी दिएको छ ।बैंकका अध्यक्ष रोशन केसीले प्रधामन्त्री शेरबहादुर देउबालाई आइतबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

पोखरामा प्रधान कार्यालय रहेको माछापुच्छ्रे बैंकले २०५७ सालदेखि बैंकिङ कारोबार शुरु गरेको हो । हाल बैंकले ६२ वटा शाखा, चार वटा एक्स्टेन्सन काउण्टर, चार वटा शाखारहित सेवा र ८१ वटा एटिएमबाट पाँच लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …