Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » वडादशैँमा विग एफएमको रेडियो गेम शो ‘महा–आजिजा’, सहभागीले २० हजार सम्म जित्न सक्ने

वडादशैँमा विग एफएमको रेडियो गेम शो ‘महा–आजिजा’, सहभागीले २० हजार सम्म जित्न सक्ने

बिग न्युज, १७ असोज ।

हरेक वर्ष झैँ यो वर्ष पनि विग एफएमले नेपालीहरुको महान चाड दशँैको अवसर पारेर रेडियो गेम शो ‘महा–आजिजा’ संचालन गर्ने भएको छ । रेडियो गेम शो ‘महा–आजिजा’मा सहभागी भएर स्रोताहरुले ५ हजारदेखि २० हजार रुपैयाँ सम्म जित्न सक्ने एफएमले जनाएको छ ।

यो पटकको ‘महा–आजिजा’लाई विश्वकै उत्कृष्ट पेन्ट्स कम्पनीमध्येको एक ‘कान्साई नेरोल्याक पेन्ट्स नेपाल’ले मुख्य प्रायोजन गरेको छ । त्यस्तै ‘महा–आजिजा’को पावर्ड बाई टाईटलमा एक्सेस एजुकेशन नेटवर्कले सहकार्य गरेको छ ।

‘दशँैलाई स्रोताहरुसँगै मनाउने उद्देश्यले हामीले वर्षेनी यो कार्यक्रमलाई निरन्तरता दिईराखेका छौँ ।’ एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘स्रोताहरुको बाक्लो सहभागिताको अपेक्षा हामीले गरेका छौँ ।’ ‘महा–आजिजा’ घटस्थापनाको दिनदेखि सप्तमीसम्म चल्नेछ । सात दिनसम्म चल्ने यो रेडियो गेम शो मा सहभागि हुन स्रोताहरुले एसएमएसबाट दर्ता हुनुपर्ने एफएमले जनाएको छ ।

एसएमएस दर्ताको लागि स्रोताहरुले मोबाईलको मेसेज बक्समा गई BIG टाईप गरि <space>दिएर FM लेखि आफ्नो नाम र नम्बर लेखेर ४३२१ मा पठाउनुपर्नेछ । हरेक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म चल्ने रेडियो गेम शोका लागि दर्ता भएका स्रोताहरुको नम्बरमा एफएमले नै फोन गरेर गेम खेल्नेछ । सामान्य ज्ञानबाट सोधिएका प्रश्नहरुको सहि उत्तर दिँदै जाने स्रोताहरुले अधिकतम २० हजार सम्म जित्न सक्ने एफएमका मार्केटिङ म्यानेजर कमल बरालले बताए ।

विग एफएमले हरेक चाडपर्वलाई यस्तै विभिन्न खाले ईभेन्टहरु गरेर स्रोताहरुसँग मनाउँदै आएको छ । त्यस्तै मंसिरको शुरुवातसँगै विग एफएमले ग्राण्ड ईभेन्ट स्वरुप गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करण शुरु गर्दैछ । विग आईकनको लागि यतिबेला निशुल्क रुपमा आवेदन फाराम वितरण भैरहेको एफएमले जनाएको छ ।

Check Also

निराहार ब्रत बसी छातीमै जमारा उमार्न लागे (हेर्नुहोस् भिडियो सहित)

पोखरा, ९ असोज / पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २४ कास्कीकोटमा रहेको गुप्तकालीका मन्दिरमा आयोजित …