Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » मतगणना आजै शुरु हुने

मतगणना आजै शुरु हुने

बिग न्यूज
पोखरा, ३१ बैशाख । एमालेको नमान्दा नमान्दै भएपनि निर्वाचन कार्यालयले मतदान सकिपछि मुचुल्का उठाएर मतगणना गर्ने तयारी थालेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ ।

यद्यपी यो विषयमा नेकपा एमालेले अहिलेसम्म केहि प्रतिक्रिया दिएको छैन । केहि दिन अगाडि भने एमालेले दुई चरणमा हुने भनिएको निर्वाचनको मतगणना एकसाथ हुनुपर्ने माग अगाडि सार्दै आएको थियो । निर्वाचन कार्यालयको निर्णयसँगै एमालेको माग पुरा नहुने निश्चित भैसकेको छ ।

यतिबेला प्रदेश नम्बर ३, ४ र ६ मा मतदान चलिरहेको छ । कपिपय स्थानमा त मतदान सकिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । गोरखाका दुई केन्द्रमा मतदान सकिइसकेको छ। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मतदान भएका स्थानहरुमा ५० प्रतिशत भन्दा बढि मतदाताले मत खसालिसकेका छन् ।

Check Also

जापानमा मृत्यु भएका विद्यार्थीको अन्त्येष्टिका लागि सहयोगको अपिल

रञ्जन अधिकारी  पोखरा, २ जेठ / जापान पुगेको छोरोले केहि कमाउला, आर्थिक अवस्था सुधार्ला र …