Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » पोखरा–लेखनाथ महानगरको मेयर बने मानबहादुर, स्मार्ट बन्ला त महानगर ?

पोखरा–लेखनाथ महानगरको मेयर बने मानबहादुर, स्मार्ट बन्ला त महानगर ?

पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १४ हजार ७ मतान्तरले हराउँदै नेपालको सबैभन्दा ठूलो महानगरको मेयर निर्वाचित भएका हुन्।

मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याए भने उनका निकतम् प्रतद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याए।

उममेयरमा पनि एमालेकै मन्जु देवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी भइन्। उनकी निकट्मत् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाइन्।

गर्लान् त चुनावी प्रतिबद्धतालाई पुरा ?

लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पर्यटकीय नगरी पोखरा लेखनाथलाई एक उत्कृष्ट महानगरपालिका बनाउने बताए।

आफू यसअघि एउटा पार्टीको कार्यकर्ता भए पनि जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि अव सबै महानगरवासीको साझा व्यक्ति भएको उनको भनाइ थियो । “मतदाताको मन जित्ने गरी काम गर्छु,” उनले भने।

महानगरपालिका– २८ मा २०१७ साल भदौ १७ गते जन्मेका जिसीले विएडसम्मको शिक्षा हासिल गरेका छन् । विसं २०३७ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति थालेका जिसीले २०४१ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए।

उनी नेकपा एमाले कालिकागाउँ कमिटिको सचिव, इलाका नं – ४ कास्कीको सचिव, २०५० मा निर्वाचित जिल्ला कमिटी सदस्य, २०५४ मा एमाले जिल्ला कमिटिको उपसचिव र २०५८ देखि २०६० सालसम्म जिल्ला कमिटीको सचिव तथा २०६६ देखि २०७० सम्म पार्टीको आठौँं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी सम्हालेका थिए।

हाल उनी एमाले केन्द्रीय कमिटिको वैकल्पिक सदस्य एवम् कास्की जिल्ला इन्चार्ज, प्रदेश नं– ४ को कार्यालय सचिव छन्। विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं– १ बाट जिसी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापासँग २७२ मतले पराजित भएका थिए।

Check Also

नागरिक अभियन्ता पौडेललाई सामाजिक सेवा सम्मान

रञ्जन अधिकारी पोखरा, २ भदौ / पोखरा बस व्यवसायी समितिले हर्क बहादुर गुरुङ स्मृति सामाजिक …