Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » मिस पोखरालाई यामाहाको स्कुटर

मिस पोखरालाई यामाहाको स्कुटर

 रञ्जन अधिकारी पोखरा, २० असोज / मेट्स ईन्टरनेशनल नवौं मिस पोखरालाई यामाहाको स्कुटर हस्तान्तरण गरिएको छ । प्रतियोगिताको को स्पोन्सर विश्वकर्मा अटोमोबाईल्सले सहमति बमोजिम मिस पोखरा ममता जोशीलाई विहीबार एक समारोहबीच सो स्कुटर हस्तान्तरण गरेको हो ।

यामाहा कम्पनीको यहाँका लागि आधिकारिक विक्रेता विश्वकर्मा अटोमोबाईल्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले आयोजक संस्था जेसिआई पोखराका अध्यक्ष शिवप्रसाद कोईराला र मिस पोखरा जोशीलाई फेसिनो स्कुटरको चाबी हस्तान्तरण गरे । प्रबन्ध निर्देशक श्रेष्ठले सहकार्य फलदायी हुने विश्वास व्यक्त गर्दै राम्रा काममा सदैव साथ रहने उल्लेख गरे ।

पोखरा जेसिजका अध्यक्ष कोईरालाले दुई दशक अघिदेखि मिस पोखरा गर्दै आएको जेसीजको अभियानलाई साथ दिएकोमा आभार व्यक्त गर्दै यस्तै सहयोगको अपेक्षा आगामी दिनमा पनि गरे । मिस पोखरा जोशीले यो प्रतियोगितामा सहभागितापछि आफ्नो नेतृत्व तथा क्षमता विकास भएको उल्लेख गर्दै समाजप्रतिको जिम्मेवारी बोध बढेको बताईन् ।

कार्यक्रममा मिस पोखरा २०१७ की फस्र्ट रनर अप पुनम केसी, सेकेण्ड रनरअप सिमरन गुरुङ, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, आयोजक सदस्य लगायतको उपस्थिति थियो । कार्यक्रम मूल आयोजक समिति संयोजक एवं कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद सापकोटाले मिस पोखराले मिस नेपालमा स्वतः सहभागिताको अवसर पाउने भन्दै त्यहाँ पनि उपाधि जितेर आउन शुभकामना दिए ।

कार्यक्रमको सञ्चालन कोषाध्यक्ष देवराज शर्माले गरेका थिए । गत असोज ५ गते पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १५ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि सहित जोशीले नगद ५० हजार समेत जितेकी थिईन् ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …