Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखराका पहारी ‘नायर’ को अध्यक्षमा निर्वाचित

पोखराका पहारी ‘नायर’ को अध्यक्षमा निर्वाचित

पोखरा ६ फागुन / अष्ट्रेलिया जाने विद्यार्थीका लागि परामर्श दिँदै आएको नेपालका शैक्षिक परामर्श केन्द्रहरुको छाता संगठन नायर (Nepalese Association of Australia Education Representatives–NAAER) ले नयाँ नेतृत्व पाएको छ । काठमाण्डौमा भएको संस्थाको विशेष भेलाले अध्यक्षमा नारायणप्रसाद पहारीलाई निर्वाचित गरेको छ ।

उपाध्यक्षमा कुमार कार्की, महासचिवमा विज्ञान श्रेष्ठ, कोषाध्यक्षमा मनोज पराजुली निर्वाचित भएका छन् । सदस्यहरुमा उद्धब खड्का, अनन्त केसी लगायत चुनिएका छन् । नवनिर्वाचित अध्यक्ष पहारीसँग यो क्षेत्रमा रहेर विज्ञता हासिल गरेको पन्ध्र वर्षको अनुभव छ । पहारी नेपलिज इन्काउण्टर्सका सञ्चालक हुन् ।

उनले नेपालमा पहिलो पटक अष्ट्रेलियन एजुकेशन इन्फरमेशन सेन्टर बनाउने बताएका छन् । विभिन्न विश्वविद्यालयहरुमा समन्वय गर्दै राम्रो भन्दा राम्रो विश्वविद्यालयमा विद्यार्थी पठाउने प्रमुख ध्येय रहेको बताउँदै पहारीले अष्ट्रेलियन उच्च अधिकारीसँग समन्वय गर्दै सही परामर्श प्रदान गरिने बताए ।

सन् २००७ मा स्थापना भएको नायर अष्ट्रेलियाका लागि काम गर्नेहरुले खोलेको नेपालकै पहिलो संस्था हो । उक्त संस्थाले अष्ट्रेलिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुका लागि त्यहाँका विश्वविद्यालयहरुसँग सम्बन्ध बढाउने, विद्यार्थीहरुलाई सहयोग गर्ने, सम्बन्धित राजदूतावासहरुसँग बसेर छलफल गर्ने काम समेत गर्ने गर्छ ।

 

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …