Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » बिग एफएमकर्मी ढुंगानालाई ‘शुभयात्रा’

बिग एफएमकर्मी ढुंगानालाई ‘शुभयात्रा’

रञ्जन अधिकारी पोखरा, ७ बैशाख /

उच्च शिक्षाका लागि जापान जान लागेका रेडियोका रिपोर्टर तथा न्युज प्रिजेन्टर नवराज ढुंगानालाई बिग एफएमले बधाईका साथमा बिदाई गरेको छ । विहीबार एक कार्यक्रमका बीच एफएम परिवारले उज्ज्वल भविष्यको शुभेच्छा प्रकट गर्दै बिदा गरेको हो ।

विगत दुई वर्षदेखि रेडियोको समाचार शाखामा रहेर काम गर्दै आएका ढुंगानालाई एफएमका अध्यक्ष महेश भण्डारी, न्युज चिफ माधव पनेरु, मार्केटिङ म्यानेजर कमल बराल, प्रोग्राम कोओर्डिनेटर सञ्जोक बस्याल सहित सहकर्मीहरुले मायाको चिनो प्रदान गर्दै शुभकामना दिए ।

एफएमका अध्यक्ष भण्डारीले कुनै पनि मान्छे सफल बन्न सकारात्मक सोच र जस्तै परिस्थितिमा पनि खुशी हुन सक्ने गुण हुनुपर्ने भन्दै ढुंगानामा यी दुई गुण रहेकाले सफल हुनेमा ढुक्क रहेको बताए । ‘खुशी मान्छेलाई पराजित गर्न कसैले सक्दैन ।’ भण्डारीले भने– ‘कामप्रतिको लगतशिलता, ईमान्दारिता र सकारात्मक सोचले सफल भईन्छ ।’

वैदेशिक उच्च शिक्षाका लागि सम्झने पोखराको अग्रणी संस्था किंग्स इन्स्टिचयुटका निर्देशक समेत रहेका भण्डारीले जापानमा युवाहरुको बढ्दो आकर्षण रहेपनि त्यहाँ पुगेर पहिले भाषागत दक्षता र शिक्षामा जोड दिइनुपर्ने बताए । भाषागत समस्याले पछि अवसर फुत्कने, राम्रो काम नपाउनेतर्फ सचेत गराउँदै उनले दुई वर्ष भाषामा निपुर्ण भएपछि मात्र अन्यत्र जोड दिन सुझाव दिए । उनले पत्रकारितामा स्थानले फरक नपर्ने भन्दै बिदाई नभई शुभयात्रा मात्र गरिएको बताए ।

रेडियोका न्युज चिफ माधव पनेरुले कार्य सम्पादनका क्रममा ढुंगाना सधैं ईमान्दार र मेहनती रहेको स्मरण गर्दै उनको अभाव खड्किरहने जनाए । ढुंगानाले आफूले बिग एफएममा रहेर धेरै कुरा जान्ने अवसर पाएको र बिग एफएम र सहकर्मीहरुलाई कहिल्यै पनि नबिर्सने बताए ।

पोखरामा झण्डै आठ वर्ष पत्रकारिता गरेका ढुंगानाले हिमचुली एफएमबाट पत्रकारिता सुरु गरेका थिए । रेडियो तरंग, पोखरा हटलाईन हुँदै उनी बिग एफएमको सदस्य बनेका हुन् ।

Check Also

‘तिहारको खेल, मज्जाको खेल’ सकियो । सुस्मिताले १२ हजार, राजकिरणले ८ हजार जिते

रञ्जन अधिकारी पोखरा, ३ कार्तिक / तिहारको अवसर पारेर बिग एफएम पोखराले तीन दिनसम्म सञ्चालन …