Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » ‘एनसेल खरिदविक्रि देखि फोर जी संचालन अनुमती’सम्मका दस्तावेजहरु सार्वजनिक गर्दै कुमार खड्का

‘एनसेल खरिदविक्रि देखि फोर जी संचालन अनुमती’सम्मका दस्तावेजहरु सार्वजनिक गर्दै कुमार खड्का

रेम बिक
पोखरा, २५ कात्तिक । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डदेखि उसलाई अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णयको भण्डाफोर गर्ने बताएका छन् ।

केहि दिन अगाडि चुनावी कार्यक्रमको क्रममा खड्काले कास्की क्षेत्र नम्बर २ मा बामगठबन्धनको तर्फबाट प्रतिनीधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रविन्द्र अधिकारीलाई यो काण्डमा मुछेका थिए । उनले फेरि पनि यो विषयलाई अझै बढि गम्भिरताका साथ मिडियामा ल्याउने कुरालाई दोहो¥याए ।

‘मैले यो काण्डको विषयमा कुरा उठाएपछि बाम गठबन्धनका धेरै साथीहरु म सँग चिढिएका छन् । र, मलाई यस्तो कुरा नबोल्नका लागि घुमाउरो चेतावनी पनि दिएका छन् ।’ उनले भने–‘तर म त्यतिकै आरोप प्रत्यारोपमा उत्रिएको छैन । म सँग प्रमाणहरु छन् । र, केहि दिनमा ती प्रमाणहरु मैले मिडियामा सार्वजनिक गर्नेछु ।’ नेपाललाई २६ खर्ब रुपैँया घाटा हुने गरिएको यो निर्णयको बारेमा नेपाली जनतालाई जानकारी पाउनुपर्ने भएकोले आफुले यसो गर्न लागेको उनले बताए ।

‘मैले यो विषयमा तत्कालिन समयमा पनि आवाज उठाएकै हो । र, मुलधारका मिडियाले पनि यो बिषयलाई प्राथमिकताका साथ उठाएकै हु्न् ।’ उनले भने–‘तर यो विषयलाई झन् बढि गुपचुप गराएर आफ्नो गल्ती ढाक्ने काम त्यसबेलादेखि नै हुँदै आएको हो ।’ आफुले संसदमा तत्कालिन समयमा ‘एनसेल खरिदविक्रि काण्ड’ र ‘विकास समितिले गरेको निर्णय’को विरोधमा बोलेका कुराहरु अझै पनि ‘अडिया–भिडियो’ नै सुरक्षित भएको उनले बताए ।

उनले एनसेलको खरिदविक्रिसँग जोडिएको कर छुटको कुरादेखि फोर जी संचालनको अनुमती दिने निर्णयसम्म पैसाको अत्याधिक चलखेल भएको कुरालाई पुनः दोहो¥याए । ‘रविन्द्र अधिकारी प्रत्यक्ष यसमा संलग्न छन् वा छ्रैनन् भनेर उनले खुलस्त पार्नुपर्छ । किनभने उनी विकास समितिका सँयोजक हुन् । उनी यो विषयलाई लिएर पन्छिन कदापी मिल्दैन ।’ कुमार खड्का रविन्द्र अधिकारी संयोजक रहेको विकास समितिका एक सदस्य समेत हुन् ।

उनले यो काण्डसँग सम्बन्धि रहेर करिब सम्पूर्ण प्रमाणहरु जुटाईसकेको पनि खुलाए । नेपाली काँग्रेस कास्की क्ष्ोत्र नम्बर २ मा पर्ने वडा नम्बर १७ को वडा सम्पर्क कार्यालय स्थापना कार्यक्रममा उनले यो कुरालाई प्राथमिकताका साथ बोलेका हुन् । साथै उनले लोकतन्त्रलाई बचाउनका लागि यो चुनावमा काँग्रेसलाई भोट गर्न समेत सम्पूर्ण जनतासमक्ष आग्रह गरे । ‘कम्युनिष्टहरुले चुनावी तालमेल मात्रै गरेको भए हामीलाई खासै चिन्ता हुने थिएन । तर यो गठबन्धन लोकतन्त्रलाई परास्त गर्नका लागि भएकोले सम्पूर्ण लोकतन्त्रबादीहरु एक हुनुपर्ने अहिलको आवश्यकता हो ।’ उनले भने ।

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …