Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » पोखरा रंगशाला यस्तो बन्ने भो, १० महिनाभित्र

पोखरा रंगशाला यस्तो बन्ने भो, १० महिनाभित्र

पोखरा / पोखरा रंगशाला ईन्टरनेशनल स्ट्यान्डर्डको बन्न लागेको हामीले थाहा पाईसकेका छौं । कस्तो बन्दै होला त ? कौतुहलताको विषय थियो । अब भने यसको डिजाईन तयार भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला यस्तो बन्ने भएको सार्वजनिक गरेका छन् ।  १० महिनाभित्र १ अर्ब २२ करोड लागतमा यस्तो रंगशाला पोखरेलीमाझ बनिसक्नेछ ।

ग्लोबल टेण्डरमार्फत २२ गतेपछि जिम्मा लगाईने अध्यक्ष पौडेलले जानकारी दिए । ‘अहिले विभिन्न देशका कम्पनीले ईच्छा जाहेर गरेका छन् । चाईनिज कम्पनीको यो डिजाईन उत्कृष्ट छ ।’ पौडेलले भने – ‘डिजाईन यही रहने लगभग निश्चित छ । कम लागतमा निर्माण गर्नेलाई स्वतः टेण्डर पर्दछ ।’

अब पोखरेली खेल प्रेमीहरुले पोखरा स्टेडियममा बसेर फुटबलको मज्जा लिन पाउने छन् ।  आसन्न १३ औं साग खेलकुदलाई मध्येनजर गर्दै रंगशालाको स्तरोन्नति सुरु भएको अध्यक्ष पौडेलले बताए । उनले पोखरा रंगशालाको नयाँ प्रारुप अनुसार छिट्टै निर्माण कार्य सुरु हुने बताए ।

 

Check Also

‘११ करोड लागतमा पोखरा रंगशालामा मुलुकमै पहिलो सुविधासम्पन्न डोम’

गण्डक न्युज पोखरा, २० कार्तिक / प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल …