Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ को मतगणना जारी

पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ को मतगणना जारी

पोखरा ३ जेष्ठ

बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ को जारी रहेको मतगणनामा अहिलेसम्म ५ सय मत गणना भएको छ । जसमा नेपाली काग्रेसले मेयरमा १९२, उपमेयरमा १६१, वडाअध्यक्षमा २०९, महिला सदस्यमा १८५, दलित महिला सदस्यमा १५१, खुल्ला सदस्य पहिलोमा १०८ तथा खुल्ला सदस्य दास्रोमा १५५ मत प्राप्त गरेको छ ।

त्यस्तै नेकपा एमालेले मेयरमा २१७, उपमेयरमा २०८, वडाअध्यक्षमा १७५, महिला सदस्यमा १७३, दलित महिला सदस्यमा १९१, खुल्ला सदस्य पहिलोमा १९० तथा खुल्ला सदस्य दास्रोमा १६७ मत प्राप्त पाएको छ ।

माओवादी केन्द्रले मेयरमा ११, उपमेयरमा ३९, वडाअध्यक्षमा ३९, महिला सदस्यमा ४४, दलित महिला सदस्यमा ४०, खुल्ला सदस्य पहिलोमा ४७ तथा खुल्ला सदस्य दास्रोमा ४४ मत पाएको छ ।

यता जारी मतगणनामा राप्रापाले मेयरमा १२, उपमेयरमा ३०, वडाअध्यक्षमा २७, महिला सदस्यमा २९, दलित महिला सदस्यमा २९, खुल्ला सदस्य पहिलोमा ४२ तथा खुल्ला सदस्य दास्रोमा ५८ मत पाएको छ ।

नयाँ शक्ति तथा संघीय समाजवादी फोरमको गठबन्धनले मेयरमा १३, उपमेयरमा ७, वडाअध्यक्षमा ८, महिला सदस्यमा १३, दलित महिला सदस्यमा १४, खुल्ला सदस्य पहिलोमा २९ तथा खुल्ला सदस्य दास्रोमा २२ मत पाएको सहकर्मी रेम रसाइलीले जानकारी दिएका छन् ।

त्यस्तै स्वतन्त्र तर्फ उपमेयरमा भित्ते घडी चुनाव चिन्हले अहिलेसम्म २४ मत प्राप्त गरेका छन् ।

Check Also

निराहार ब्रत बसी छातीमै जमारा उमार्न लागे (हेर्नुहोस् भिडियो सहित)

पोखरा, ९ असोज / पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २४ कास्कीकोटमा रहेको गुप्तकालीका मन्दिरमा आयोजित …