Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » १७ महिनापछि यसरी भेटिए भारत र पाकिस्तानका प्रधानमन्त्री

१७ महिनापछि यसरी भेटिए भारत र पाकिस्तानका प्रधानमन्त्री

बिग न्यूज
पोखरा, २६ जेठ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबिच भेटघाट भएको जनाइएको छ । काश्मिर भूभागका कारण यी दुई देशका बिचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबिच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबिच बिहीबार साँझ कजाकिस्तानमा भेटभयो र उहाँहरुले हात मिलाउदै एक आपसमा अभिवादन गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

उहाँहरु कजाकिस्तानमा जारी सांघाई कोअपरेशन फोरममा सहभागिताका लागि त्यहाँ रहनुभएको छ । बिहीबार साँझ उक्त संस्थाको उद्घाटनका क्रममा उहाँहरुबिच भेट भएको हो ।

उहाँहरुबिच यसअघि सज् २०१५ को डिसेम्बर महिनामा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।

भारतीय विदेशमन्त्रालयका एकजना अधिकारीले उहाँहरुबिच वार्ता भने नभएको र उक्त सम्मेलनको उद्घाटनका क्रममा भेट र हात मिलाउने काममात्र भएको जनाएका छन् ।

सन् २०१६ को जनवरी महिनामा भारतीय भूभाग पठानकोटमा रहेको भारतीय सैनिक क्याम्पमा भएको भिषण आतंककारी हमलापछि यी दुई देशबिचमा लामो विवाद उत्पन्न हुदै आएको छ ।

हमलामा पाकिस्तान संरक्षित आतंककारीको हात रहेको आरोप भारतले लगाउँदै आएको छ । तर पाकिस्तानले भने यसको कडा रुपमा खण्डन गर्ने गरेको छ ।

भारत र पाकिस्तानबीच हुने गरेको शान्ति वार्ता पनि भारतीय पक्षका कारण स्थगित हुदै आएको छ । जसका कारण पछिल्ला केही वर्षयतादेखि यी दुई देशबिच औपचारिक वार्ताहरु पनि रोकिएका छन् । – रासस

Check Also

“मदर बम” आक्रमणमा परी ९४ जना अाइएस लडाकुको मृत्यु

अफगानिस्तान, ३ बैशाख- अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट …