Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » रवीन्द्र अधिकारीः समृद्ध नेपाल निर्माण अभियन्ता, संसदमा पुग्नैपर्ने नेता

रवीन्द्र अधिकारीः समृद्ध नेपाल निर्माण अभियन्ता, संसदमा पुग्नैपर्ने नेता

काठमाडौं, मंसिर १८ – नेपाली वाम आन्दोलनका जुझारु योद्धा तथा नेकपा एमालेका प्रभावशाली नेता रवीन्द्र अधिकारी वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।

विकासवादी नेता तथा समृद्ध नेपाल निर्माण अभियन्ता हुन् अधिकारी। युवाहरुमाझ लोकप्रिय नेता अधिकारीले अबको नेपाल कस्तो हुनुपर्छ भन्ने चिन्तनसहित ‘समृद्ध नेपाल’ पुस्तक लेखेका छन्।

शुभदिनले ‘संसदमा पुग्नैपर्ने १० नेता’मा रवीन्द्र अधिकारीलाई समावेश गर्नुका १० कारण यहाँ प्रस्तुत गरेको छ। नेपाली राजनीतिमा सम्भावना बोकेका नेता अधिकारी संसदमा हुनुपर्ने कारण यस्ता छन्ः

१, संविधान सभामा ६ सय १ सभासद भएपनि १८–२० जनामाथि मात्रै कानून निर्माणको मुख्य जिम्मेवारी थियो। त्यसमा एक जना थिए, रवीन्द्र अधिकारी। उनीसहितको टिमले त्यो जिम्मेवारी पूरा गरेको हो।

२, अबको यात्रा भनेको विकास र समृद्धिको हो। अधिकारको लडाइँ सकिसकेको अवस्थामा संविधानमा स्थापित अधिकारलाई कार्यरुप दिनका निम्ति कानून मात्रै भएर पुग्दैन, त्यसअनुसारको मुलुकको क्षमता बढाउनु  पर्छ, त्यो क्षमता बढाउन आर्थिक विकास र समृद्धि आवश्यक छ। अबको चरण आर्थिक समृद्धिको चरण हो। पूर्वधार, प्रविधिको विकास, जलस्रोत, पर्यटन, मानव संसाधनको विकास महत्वपूर्ण हुन्छ। त्यसका निम्ति विकास समितिमा बसेर राष्ट्रको उन्नतिलाई राजनीतिको केन्द्र भागमा ल्याउन र विकास र समृद्धिलाई बहसलाई ल्याउने काम गरेको हुनाले रवीन्द्र अधिकारीले संसदमा हुन आवश्यक छ।

३, सार्वजनिक महत्वका विषयहरु र नागरिकका प्रत्यक्ष सरोकारका विषय तथा घटनाहरुलाई संसदमा सार्वजनिक महत्वको विषय भनिन्छ। यसमा ध्यानाकर्षण प्रस्ताव संकलन गर्ने तथा त्यहाँ आएका प्रस्तावका माध्यमबाट संसदमा छलफल गराउने र गर्ने। संसदमा यी विषयहरु जनताका आवाजका रुपमा रहेका हुन्छन्। संविधान सभा र व्यवस्थापिका संसदमा सार्वजनिक महत्वको प्रस्ताव सबैभन्दा धेरै एमालेका प्रभावशाली नेता रवीन्द्र अधिकारी र कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले गरेका थिए।

४, सरकारमा रहँदा संसदलाई प्रभावकारी बनाउने र प्रतिपक्षमा रहँदा प्रतिपक्ष जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने कार्य रवीन्द्र अधिकारीले गरे। सरकारमा जाँदा सरकारलाई ‘इफेक्टिभ’ बनाउनका लागि अधिकारीको भूमिका रह्यो। र, देश निर्माणको दृष्टिकोण, समृद्धिको दृष्टिकोण र सबै खालको दृष्टिकोण प्रस्तुत गर्नका लागि पनि उनी संसदमा हुन अावश्यक छ।

५, अरु दलहरुसँगको सहकार्य सहमति, संमन्वयकारी भूमिका र क्षमता विकासका लगि।

६, राष्ट्रिय मनोबल उच्च बनाउन सबै सम्भावना देखाएर मनोबल बढाउँदै राजनीति फोहोरी खेल हाेइन, सफा र जनसेवा हो भन्ने अभ्यासबाट यो देशको निर्माण गर्न।

७, पिछडिएका क्षेत्रहरुलाई उकास्न। कर्णाली विकासका लागि काम गर्न। पूर्व–पश्चिम तथा उत्तर–दक्षिण सडक नाकाहरु खोल्ने काम, ध्यान नगएका क्षेत्रहरुमा विकासका निम्ति।

८, प्रदेश नम्बर–४ प्रचुर सम्भावना भएको क्षेत्र हो। र, यो क्षेत्रको समृद्धि र विकास गर्न। पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन तथा समृद्ध बनाउनका हिसाबबाट काम गर्नका निम्ति।

९, दुई छिमेकी देशबीचको सन्तुलन कायम राख्नका लागि। वैदेशिक सम्बन्धलाई राम्रो बनाउनका लागि वैदेशिक सहायतालाई ठिक ढङ्गले परिचालन गर्नका निम्ति त्यसलाई बुझ्न सक्ने क्षमता भएका नेता।

१०, शिक्षा तथा स्वास्थ्यलाई व्यापारीकरण, निजीकरण हुने अवस्थाबाट रोकेर शिक्षा सबैका लागि सर्वसुलभ, गुणस्तरीय शिक्षा। र, स्वास्थ्यमा सबैको पहुँच सबैका लागि। अनि लोककल्याणकारी राज्यको निमार्ण गर्नका लागि रवीन्द्र अधिकारी संसद हुनैपर्छ।

संविधान सभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए।
कास्कीले जन्माएका प्रभावशाली नेता

वि.सं. २०२६ वैशाख २२ गतेका दिन आमा लक्ष्मीदेवी अधिकारी र बुवा इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रका रुपमा कास्कीको भरतपोखरीस्थित जामुनाबोटमा रवीन्द्र अधिकारीको जन्म भएको हो।

उनले ब्रह्मज्योति प्राविबाट प्राथमिक शिक्षा हासिल गरे। शान्ति उदय माविबाट एसएलएसी पास गरेका अधिकारी वि.सं. २०४२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए।

त्यहाँ प्रविणता प्रमाणपत्र तह र स्नातक तहको पढाई पूरा गरे। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका अधिकारीका संविधान सभा लोकतन्त्र र पुनर्संरचना र समृद्ध नेपाल पुस्तक प्रकाशित गरेका छन्।

अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन सक्रिय भूमिका खेलेका छन्।

संसद र संविधान सभामा खेलेको भूमिका

वि.सं. २०६४ र २०७० सालको संविधान सभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका रवीन्द्र अधिकारी संसदमा महत्वपूर्ण भूमिका निभाउने नेताहरुमा पर्छन्।

सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेसी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी लगायतका विषयमा विभिन्न उप–समितिमा नेतृत्वदायी भूमिका निभाएका छन्।

संविधान सभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए।
वि.सं. २०७० को संविधान सभा निर्वाचनपछि संसदको विकास समितिका सभापतिको जिम्मेवारीमा रहेर अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन सक्रिय भूमिका खेलेका छन्।

पञ्चायती व्यवस्था अन्त्य गर्ने अभियानमा कास्कीको पोखराले अत्यन्तै ठूलो भूमिका खेलेको थियो। जहाँ रवीन्द्र अधिकारीजस्ता युवाहरु अग्रमोर्चामा थिए।

प्रजातन्त्रको लडाइँका क्रममा जेल

कास्की जिल्लालाई लालकिल्ला पनि भन्ने गरिन्छ। नेपाली वामपन्थी आन्दोलनमा कास्कीले महत्वपूर्ण योगदान पुरयाउँदै आएका छ।

पञ्चायती व्यवस्था अन्त्य गर्ने अभियानमा कास्कीको पोखराले अत्यन्तै ठूलो भूमिका खेलेको थियो। जहाँ रवीन्द्र अधिकारीजस्ता युवाहरु अग्रमोर्चामा थिए। त्यही अभियानमा लागेका बेला २०४६ मा रवीन्द्र अधिकारी ६ महिनासम्म जेल परे, हिरासतमा बसे।

राजनीतिक जीवन

वि.सं. २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष भएका रवीन्द्र अधिकारी वि.सं. २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमै अनेरास्ववियु कास्की अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य भए।
वि.सं. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका अधिकारी वि.सं. २०५६ सालमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष बनेका हुन्।

वि.सं. २०५३ सालमै स्ववियु काउन्सिल नेपालका संयोजक उनी निर्वाचित भए। वि.सं. २०४५ सालमा पार्टीको संगठित सदस्यता लिएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित थिए।

वि.सं. २०४० मा इलाका पार्टी कमिटीमा, २०४६/०४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहे।

वि.सं. २०६० र २०६३ मा एमाले कास्की जिल्ला सचिव भएका अधिकारी पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

Check Also

कास्कीमा ७० प्रतिशत मतदान, मुलुकभर ६७ प्रतिशत, शुक्रबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बसी मतगणना

पोखरा, २१ मंसिर / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीमा ७० प्रतिशत मत खसेको छ …