Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » रोटरी क्लब अफ पोखरा फिस्टेलद्धारा पृथ्वीरुपा बिधालयमा ७० लाखको भवन निर्माण

रोटरी क्लब अफ पोखरा फिस्टेलद्धारा पृथ्वीरुपा बिधालयमा ७० लाखको भवन निर्माण

पोखरा, २१ असोज  / रोटरी क्लब अफ पोखरा फिस्टेलको डिष्टिक गर्भनरको अफिसियल भ्रमण सम्पन्न भएको छ । क्लबका अध्यक्ष लक्ष्मी थापा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्टिक गर्भनर रो. संजय गिरीले समाज बिकासका लागि रोटरी क्लबले पुर्याएको योगदान महत्वपूर्ण भएको बताउँदै क्लबहरुको संख्या बढाउनु भन्दा पनि क्षमतावान सदस्यहरुको संख्यालाई बढाउँदै लैजानुपर्ने बताउनुभयो । समाजमा गरेका गतिविधिहरुलाई संचार माध्यमबाट उजागर गरि सबैमा प्रेरणा जगाउनुपर्ने समय आएको भन्दै क्लबले गरेका कार्यहरुको प्रशंसा गर्नुभयो ।

सोहि कार्यक्रममा क्लबले क्षमतावान सदस्यको रुपमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष ,रेडियो जननी का स्टेशन म्यानेजर एवं रोटयाक्ट क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष बिमला भण्डारी र नेपालको पहिलो प्याराग्लाईडिगं बिधालयका संचालक एडभेन्चर क्षेत्रका क्रियाशिल व्यक्ति सानुबाबु सुनुवारलाई भित्राएको छ ।

क्लबले भुकम्पले क्षतीग्रस्त बनाएको कास्कीको रुपा गाउँपालिकामा रहेको पृथ्वी रुपा माध्यमिक बिधालयको भवन निर्माणका लािग ७० लाख सहयोग प्रदान गरि ६ कोठे भवन निर्माण गरी स्थानान्तरण गरेको छ भने आठ कोठा थप गरि उक्त बिधालयको भवनलाई पुर्ण बनाउनका लागि एक करोड बराबरको योजना अगाडि बढेको कार्यक्रम संयोजक रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष रो. बिनोद कोईरालाले बताउनुभयो ।

यसका साथै क्लबले आर्थिक अबस्था कमजोर भएका जेहेन्दार ६० जना बिधार्थीलाई निरन्तर रुपमा छात्रबृति प्रदान गर्दै आईरहेको छ । उक्त कार्यक्रममा पब्लीक रिलेशन कमिटि डाईरेक्टर एवं पूर्व अध्यक्ष रमाकान्त बराल, क्लब मेम्बरसिप डेभलपमेन्ट को चेयरपर्सन ओमराज पौडेल, द रोटरी फाउन्डेसन कमिटि चेयरपर्सन प्रेम ब थापा, क्लबका सर्भिष प्रोजेक्ट चेयरपर्सन रेखा कार्कि र क्लब एडमिस्ट्ेटिभ कमिटि चेयर पर्सन जगनसुबा गुरुगंले क्लबले विभिन्न क्षेत्रमा गरेका गतिविधीको प्रतिवेदन पेश गर्नुभएको थियो ।

सो कार्यक्रममा असिस्टेन्ट गर्भनर रोश गुरुगं , डिस्टिक एडिसनल सेक्रेटरी बिनोद कोईराला , क्लबका पूर्व अध्यक्ष भूवनसिंह गुरुगं, राजु पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम संचालन क्लबका सचेतक गोपाल बरालले गर्नुभएको थियो ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …