Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » को हुन् त, पोखरा–लेखनाथ महानगरको उपप्रमुख उम्मेदवार सरस्वती गुरुङ ?

को हुन् त, पोखरा–लेखनाथ महानगरको उपप्रमुख उम्मेदवार सरस्वती गुरुङ ?

बिग न्यूज
पोखरा, २८ बैशाख । सरस्वती गुरुङ यतिबेला शहरको सबैभन्दा चर्चाकी पात्र हुन् । जता गएपनि सरस्वतीको चर्चा हुनु भनेको उनले काँग्रेसको तर्फबाट महानगरमा दिएको उपमेयरको उम्मेदवारीकै कारणले हो ।

खासगरि मिडियाबाट आफ्नो परिचय फराकिलो बनाएकी सरस्वतीलाई काँग्रेसको केन्द्रले जब देशकै ठुलो महानगरको उपमेयरको रुपमा उम्मेदवार चुन्यो, उनी एकाएक शहरमा वहशको विषय बनिन् ।

काँग्रेस वृत्तभित्रै पनि उनको उम्मेदवारीलाई लिएर धेरैले चासो दिएका छन् ।

सबैलाई चाँडै आफ्नो पक्षमा पार्न सक्ने खुबी राख्ने सरस्वती मिडियामा रहँदै गर्दा पनि चर्चित नै थिईन् । पछिल्लो समय पोखरामा भएको नेपाल पत्रकार महासंघ कास्कीको चुनावमा पनि केन्द्रीय महिला पार्षद पदमा सबैभन्दा धेरै मत लिएर उनले जितेकी थिईन् ।

उनी आसन्न निर्वाचनमा पनि महानगरको सबैभन्दा पपुलर मत लिने दाऊमा छिन् । र, उनी यसैका लागि अहिले घरदैलोमा पुगेर आफ्नो कार्ययोजनाहरु जनतामाझ सुनाईरहेकी छन् ।

निकै दृढ स्वभावकी सरस्वती उपमेयर पदमा आफुले जित्नेमा ढुक्क छिन् । ‘केहि गरेर देखाउने भनेर मैले उम्मेदवारी दिएको हुँ । विभिन्न सामाजिक क्षेत्रमा रहेर पनि मैले पोखराको विकासका लागि पहल गर्दै आएको पनि छु । आशा छ मलाई पोखरेलीले साथ दिनुहुनेछ ।’

यीनै सरस्वती गुरुङको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तलको सामाग्री तपाईका लागि लाभदायक रहन सक्छ ।

यस्तो छ सरस्वती गुरुङको पृष्ठभुमी :

सरस्वती गुरुङ (उपमेयरको उम्मेदवार, नेपाली काग्रेस : पोखरा लेखनाथ महानगरपालिका)

जन्मस्थान : पञ्चमुल – ५, स्याङ्जा

ठेगानाः पोखरा लेखनाथ महानगरपालिका – १४, कास्की

जन्म मितिः २०३३/०४/०१

इमेलः sarswotisis@gmail.com

भाषाः नेपाली, गुरुङ, अंग्रेजी, हिन्दी

शैक्षिक योग्यताः स्नातकोत्तर तह

पद र अनुभवः

  •  अध्यक्ष, कास्की आवाज राष्ट्रिय दैनिक, पोखरा
  • बरिष्ठ रेडियो उद्घोषक, रेडियो अन्नपुर्ण
  •  प्रथम उपाध्यक्ष, तमु धिं नेपाल
  •  संस्थापक तथा प्रवक्ता, थुम्रो इन्टरनेशनल कम्पनी, प्रालि
  •  कोषाध्यक्ष, रोटरी क्लव अफ पोखरा मिडटाउन
  •  केन्दिय पार्षद, पत्रकार महासंघ

विदेश भ्रमणः भारत, थाइल्याण्ड, हङकङ, कोरिया

पुरस्कारः लक्ष्मी गुरुङ पत्रकारिता पुुरस्कार २०७३, लगायत दर्जनौ सम्मान तथा पुरुस्कार

राजनितिक संलग्नता
– २०६४सालको जनआन्दोलनमा नेपाली कांग्रेस, पञ्चमूलको विद्यार्थी विभागको महिला सह स्ांयोजक (त्रि. शहिद मा.बि ,पञ्चमूल स्याङजा )

– २०४८ सालको निर्वाचनमा नेपालीकांग्रेस पञ्चमूलको प्रचार ,प्रसार सह संयोजक

– २०५१ सालको निर्वाचनमा नेपालीकांग्रेस पञ्चमूलका सांस्कृतिक संयोजक

– २०५१ सालमा स्याङजा जिल्लाको नेपाली कांग्रेस क्रियाशिल सदस्य

– २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसको पञ्चमूलका सांस्कृतिक संयोजक

– २०५६ साल फागुन ४ गते तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराल सिरुवारी भ्रमणमा
आउनुहुाँदा ब्यवस्थापन समितीको संयोजक

– २०६१ सालमा नेपाली कांग्रेस कास्की जिल्लाको क्रियाशिल सदस्य

– २०६२÷ ६३ को जनआन्दोलनमा सक्रिय भुमिका निवाह

– २०६४ देखि नेपाल पे्रस यूनियनको कास्की शाखाको क्रियाशिल सदस्य
सामाजिक संलग्नता

– तमुधिं नेपालको प्रथम उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख

– रोटरी क्लब अफ पोखरा मिडटाउन को कोषाध्यक्ष

– उपभोक्ता अधिकार मञ्च ,कास्की को कोषाध्यक्ष

– नेपाल पत्रकार महासघंको केन्द्रय सभासद् (सर्वाधिक मत प्राप्त)

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …