Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » पोखरा स्पोर्टस् अवार्डका सहयोगीलाई आभार व्यक्त

पोखरा स्पोर्टस् अवार्डका सहयोगीलाई आभार व्यक्त

पोखरा, २२ साउन / दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले धन्यवाद व्यक्त गरेको छ । मञ्चको आयोजनामा शनिबार दोस्रो संस्करणको अवार्ड भएको थियो । अवार्ड सम्पन्नार्थ विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहनुभएका खेलप्रेमी महानुभावले सहयोग गरेका थिए ।

‘खेलपत्रकारको कार्यक्रम भएकाले आम्दानीको स्रोत केहि छैन । सबैको सहयोगले नै वर्षेनी यो कार्यक्रम गर्दै आएका छौं ।’ मञ्चका अध्यक्ष केशव पाठकले भने– ‘सबैको सहयोगले नै हामीले कार्यक्रम गर्न सक्यौं । यस्तै सहयोगको आगामी दिनमा पनि अपेक्षा गर्दछौं ।’ कार्यक्रम आयोजनार्थ पोखरा लेखनाथ महानगरपालिका कार्यालय र हिमश्री फुड्स प्रालिले सहप्रायोजन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले उपप्रायोजन गरेको थियो भने विशेष सहयोगीका रुपमा नेपाल खेलकुद पत्रकार मंच केन्द्रिय समिती रहेको थियो ।

दोश्रो पोखरा स्र्पोट्स अर्वाडका लागि गैर आवाशिय नेपाली संघ युके अध्यक्ष मुछेत्र गुरुङले सबैभन्दा पहिले ५० हजार दिएर सहयोग सुरु भएको थियो । सहारा क्लब यूकेले पनि ५० हजार सहयोग प्रदान ग¥यो । तमु धिँ एशोसियसन युकेका अध्यक्ष ज्ञाम गुरुङ्गले संस्थागत रुपमा मेजर लक्ष्मी प्रसाद गुरुङ्ग मार्फत रु २५ हजार, गैर आवाशिय नेपाली संघ युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ्गले रु २५ हजार, राखेप पूर्व भलिवल प्रशिक्षक तथा राष्ट्रिय खेलाडी मञ्जु गुरुङ्ग राई÷सपन कुमार राई वाट रु २५ हजार प्राप्त भएको छ ।

ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडी एवम समाजसेवी कमल गुरुङ्गले (युके)े आफ्नो स्व.वुवा उदय वहादुरको स्मृतीमा उत्कृष्ट खेलाडीलाई रु २५ हजार यस वर्ष पनि प्रदान गरेका छन । उनले यो रकमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन । तमु धीँ युकेका उपाध्यक्ष एवम ह्याण्डवल÷भलिवलका पूर्व खेलाडी हित काजी गुरुङ्गले रु २५ हजार प्रदान गरेका छन ।

यसै गरि युके वाट सहयोग गर्ने सहयोगीहरुमा समाजसेवी गणेश गुरुङ्गले ५० पाउण्ड व्याडमिन्टन÷एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी मिन प्रसाद गुरुङ्गले ४० पाउण्ड, भलिवलका पूर्व अन्तराष्ट्रिय खेलाडी ज्ञान वहादुर रोक्काले ४० पाउण्ड, ह्याण्डवल÷भलिवलका पूर्व राष्ट्रिय खेलाडी ओम पुनले ४० पाउण्ड, ह्याण्डवल÷वास्केटवलका पूर्व राष्ट्रिय खेलाडी यशोदा गुरुङ्गले ४० पाउण्ड, ह्याण्डवल÷भलिवलका पूर्व राष्ट्रिय खेलाडी निर्मला गुरुङ्गले ४० पाउण्ड, मिस युके नेपाल टिमले ४० पाउण्ड, ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडी अनु गुरुङ्गले ४० पाउण्ड, तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी चिन गुरुङ्ग ४० पाउण्ड, समाजसेवी अनिता गुरुङ्गले ४० पाउण्ड, समाजसेवी चन्द्र गुरुङ्गले ४० पाउण्ड, तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रकाश गुरुङ्गले २० पाउण्डले सहयोग गरेका छन ।

उक्त रकम मध्ये केही रकम पहिले नै प्राप्त भइसकेको थियो भने वाँकी रकम १ लाख ६४ हजार नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले मंचका अध्यक्ष केशव पाठकलाई अर्वाड कार्यक्रममा हस्तान्तरण गरेका थिए । युके वाट कुल रकम २ लाख ८९ हजार ५ सय प्राप्त भएको छ ।

यस्तै, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष सुनिल गुरुङ्गले व्यक्तिगत २५ हजार यसपटक पनि सहयोग प्रदान गरे । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा, डिटिएच रक ड्रिलिङ्ग प्रालीले काठमाडौ २५ हजार, मिलन गुरुङ्ग पोखरा, पश्चिमाञ्चल होटल संघ पोखरा, भिजन एण्ड भ्यालु काठमाडौ, हिमालयन कम्पुयुटर पोखरा, विस एजुकेशन कन्सल्टेन्सी, राजेन्द्र पाहारी सदस्य पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, एकता वुक्स पव्लिकेशन हाउस काठमाडौ, इश्वरिय भजन मण्डल, पृथ्वी राजमार्ग वस सञ्चालक समिती, हेम वहादुर पुन परिवार पोखरा, सहारा क्लव पोखरा, पोखरा इन्जिनियरिङ्ग कलेज, हिमालयन ट्रेड युनिप्स, गण्डकी मेडिकल कलेज, हङ्गकङ्ग व्युटी इन्ष्टिच्युट प्राली तथा क्लारा इन्टरनेशनल व्युटी कलेज एण्ड स्पा महेन्द्रपुल, परिचय एडर्भटाइजिङ्ग, प्रकाश थापा जापान, कास्की मोर्डनाइज्ड एकेडेमी पोखरा, स्टार स्टुडियो न्युरोड पोखरा, सामसुङ्ग मोबाइलको डिलर वल्र्ड वाइड कनेक्शन सामसुङ मोबाईल, पोखरा इको मिनरल वाटर, सहयोगी होटल फ्लाइ इन खहरे पोखराले पनि सहयोग गरेको मञ्चले जनाएको छ ।

यस्तै, नेपाल सेभेन ए साइड फुटवल महासंघ, जिल्ला लन टेनिस संघ कास्की, बुल्स म्यान क्लव, कास्की जिल्ला भलिवल संघ, कास्की जिल्ला व्याडमिन्टन संघ, कास्की जिल्ला सितेरियो कराते संघ, कास्की जिल्ला केम्पोकाइ कराते संघ, कास्की जिल्ला क्युकिशिन कराते संघ, कास्की जिल्ला मोया थाई किक वक्सिङ्ग संघ कास्की जिल्ला वुदोकाई कराते संघ, पोखरा वाटर सप्लाई प्राली तथा कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले पनि सहयोग प्रदान गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मंचले सहयोगीहरु प्रति हार्दिक आभार प्रकट गर्दै तेश्रो संस्करण २०७५ जेठमा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Check Also

फेवातालमा पौडी प्रतियोगिता, डेढ सय सहभागिता

रञ्जन अधिकारी पोखरा, ६ असोज / पोखरामा राष्ट्रिय स्तरका दुई छुट्टाछुटुटै पौडी प्रतियोगिता हुँदैछन् । …