Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » पोखरामा सन नेपाल लाइफ इन्स्योरेन्सको शाखा

पोखरामा सन नेपाल लाइफ इन्स्योरेन्सको शाखा

पोखरा, १३ कात्तिक / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखा उद्घाटन गरिएको छ ।

बिमा समिति अध्यक्ष चिरञ्जीवी चापागाईंले पोखराको जिरो किमीमा शाखा उद्घाटन गर्दै सन लाइफ इन्स्योरेन्सले छोटो समयमै सातांै शाखा उद्घाटन गर्नु आफैमा गर्वको विषय भएको भन्दै यसको भविष्य उज्ज्वल रहेको बताए । उनले बिमा सम्बन्धी सर्वसाधारणमा सचेतना गर्नुपर्नेमा जोड दिँदै यसलाई निकट भविष्यमा विद्यालयस्तरीय पाठ्यक्रममा राख्न आफूले पहल गर्ने बताए ।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिमा आफैमा महत्वपूर्ण रहेको तर सर्वसाधारणबीच पु¥याउन बिमा समितिले ठूलो भूमिका खेल्नुपर्ने सुझाव दिए । लाइन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी १ का सिनियर एड्भाइजर सुचित्रा थापाले अन्य बिमा कम्पनीको तुलनामा सन नेपाल उत्कृष्ट रहने विश्वास व्यक्त गरिन् ।

माछापुच्छे« बैंकका प्रबन्धक जय सापकोटाले बैंक र बिमा कम्पनीले आर्थिक बजार चलायमान बनाउन ठूलो भूमिका खेलेको बताए । कम्पनीका प्रबद्र्धक युवा व्यवसायी किरण केसीको अध्यक्षमा भएको कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले स्वागत र पोखरा शाखा प्रमुख सुदीपराज ढुंगानाले संचालन गरेका थिए ।

अधिकृत पुँजी २ सय करोड रहेको कम्पनीले ४ वटा जीवन बिमा योजना, सावधिक सनलाइफ, नवीन जीवन बिमा, सार्थक जीवन बिमा तथा भाग्योदय जीवन बिमा संचालनमा ल्याएको छ । कम्पनीको कर्पोरेट अफिस काठमाडौंको कमलादीमा छ । कम्पनीले आगामी दिनमा थुप्रै योजना ल्याउने जनाएको छ । कम्पनीको ब्राण्ड एम्बेसडर हाँस्यकलाकार धुर्मुस र सुन्तली छन् ।

Check Also

सांग्रिला रिसोर्टमा ‘बारबिक्यू’ पार्टी

बिग न्यूज पोखरा, कात्तिक ३० । आन्तरिक पर्यटक लक्षित गरी सांग्रिला रिसोर्टले हरेक शुक्रबार ‘बारबिक्यू नाइट’ …