Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » ‘द ब्रिटिश कलेज’बाट २ सय १ जना विद्यार्थी दिक्षित

‘द ब्रिटिश कलेज’बाट २ सय १ जना विद्यार्थी दिक्षित

बिग न्यूज
काठमाण्डौ, २ असोज । काठमाण्डौ थापाथलीस्थित ‘द ब्रिटिश कलेज’बाट २ सय १ जना विद्यार्थीहरु दिक्षित भएका छन् । कलेजले एक विशेष समारोहबीच विद्यार्थीहरुले दिक्षित गरेको हो ।

दीक्षान्त समारोहमा युनिभर्सिटी दी वेस्ट अफ इङ्गल्याण्डको पाठ्यक्रममा बिबिए (हन्स) बिजनेश एण्ड म्यानेजमेन्टका ६९ जना विद्यार्थी र एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका २८ जना ग्राज्युएट भएका थिए । त्यसैगरी लिड्स बेक्केट युनिभर्सिटी अन्तर्गत बिएसी (हन्स) कम्युटिङका १०४ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इङ्गल्याण्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा २०११ देखि ब्रिटिश कलेज नेपालमा सञ्चालन भइरहेको छ ।

दीक्षान्त समारोहमा का प्रमुख अतिथि बेलायतका हाउस अफ लर्डसका प्रतिनिधि एघारौ अर्ल अफ स्याण्ड वीच जोन एडवर्ड हलिस्टर मोन्टागुले गरेका थिए । त्यसैगरी, बेलायतस्थित लिड्स वेकेट युनिभर्सिटीका प्रतिनीधि प्रोफेसर लेस्ले अर्लीले बीएससी अनर्स कम्प्युटिङ अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेका थिए ।

बेलायतको युनिभर्सिटी अफदी वेस्ट अफ इङ्गल्याण्डका प्रतिनिधि तथा बिजनेश एण्ड म्यानेजमेन्टका प्रमुख प्याट्रिसिया भोयडेनले कलेजबाट बीबीए पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेकी थिइन् ।

युनिभर्सिटी अफदी वेस्ट अफ इङल्याण्डका एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका विद्यार्थीलाई बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौं अर्ल अफ स्याण्डबीच जोन एडवर्ड हलिस्टर मोन्टागुले दीक्षित गरेका थिए ।

विशेष अतिथि नेपालका लागि बेलायती राजदूत एच.इ रिचार्ड मोरिस तथा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विद्यार्थीहरुको सफलताको महत्वलाई पहिचान गराउने र भविष्यमा आफ्नो आशाहरुलाई उजागर गर्नेबारे धारणा व्यक्त गरेका थिए ।

विद्यार्थीहरु आफ्ना पाठ्यक्रम साथी तथा मित्रहरुसँग डिग्री प्राप्तगर्दा खुसी देखिन्थे । आफ्नो डिग्री पूरा गरेका धेरैले परिवार, द ब्रिटिस कलेजका समर्पित स्टाफ र साथीहरुलाई धन्यवाद दिएका थिए ।

एक एमआइबिएम दीक्षित विद्यार्थी नितेन्द्र ढकालले आफ्नो अनुभव व्यक्त गरेका थिए । सन् २०११ मा स्थापना भएको द ब्रिटिस कलेजले नेपाली बिद्यार्थीलाई नेपालमै बसेर अन्तराष्ट्रिय शिक्षाको पहुँच पु¥याएको बताएको छ ।

Check Also

उपसभामुख एमाले प्रवेश, एमालेले हिमाल पहाड तराई जोड्ने काम गरे: यादव

आश्विन २९, २०७४-निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन् । एमाले …