Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » ‘तिहारको खेल, मज्जाको खेल’ सकियो । सुस्मिताले १२ हजार, राजकिरणले ८ हजार जिते

‘तिहारको खेल, मज्जाको खेल’ सकियो । सुस्मिताले १२ हजार, राजकिरणले ८ हजार जिते

रञ्जन अधिकारी पोखरा, ३ कार्तिक / तिहारको अवसर पारेर बिग एफएम पोखराले तीन दिनसम्म सञ्चालन गरेको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सकिएको छ । दर्जन स्रोताहरुले खेल खेल्दै नगद जितेका छन् । कुकुर तिहार, लक्ष्मीपूजा र गोबद्र्धनपूजाको दिन खेलाईएको सो खेलमा उनीहरुले १ रुपैंयादेखि १२ हजार रुपैंयासम्म जित्न सफल भएका हुन् । १२ जनाले कूल ३३ हजार चार सय ७१ जितेका छन् ।

वर्षेनी आयोजना गर्दै आएको तिहारको खेल मज्जाको खेलमा यो वर्ष मुक्तिनाथ विकास बैंकको सहकार्य थियो । पहिलो दिन बुधबार सबैभन्दा बढि विवेश थापाले नगद पाँच हजार, चन्द्रकला पुनले तीन हजार र राजेश खड्काले २० रुपैंया मात्रै जिते ।

दोस्रो दिन सुस्मिता श्रेष्ठले सर्वाधिक १२ हजार, प्रतिक गुरुङ र सुरज तिवारीले जनही दुई हजार, सीता गुरुङले एक हजार, ईश्वरी चापागाईंले तीन सय जिते । तेस्रो तथा अन्तिम दिन शुक्रबार हेटौंडाका राजकिरण छत्कुलीले नगद आठ हजार, मनबहादुर पराजुलीले एक सय, नन्दबहादुर गुरुङले ५० रुपैंया र कृष्ण सुवेदीले एक रुपैंया मात्र जिते ।

तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ । हरेक साँझ ७ बजेदेखी ९ बजेसम्म खेलाईएको रेडियो गेम शो मा श्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने कार्यक्रम प्रस्तोता कमल थापाले बताए ।

आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले एसएमएस गर्नुपर्दथ्यो । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई आफै फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाएको थियो । १५ वटा नम्बर मध्ये श्रोताले पालैसित १४ वटा नम्बर फाल्दै अन्तिम लक्की नम्बर राख्नुपर्नेमा त्यहाँ भएको नगद श्रोताको नाममा रहन्थ्यो ।

मुक्तिनाथ विकास बैंक पछिल्लो समय निकै चर्चित बैंक हो । गाउँगाउँसम्म लघुवित्त कार्यक्रमले ग्रामिण क्षेत्रको विकासमा यसको महत्वपूर्ण योगदान छ । यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो । पोखरा सस्तोबजारको सहकार्यमा भएको सो महाआजिजामा पनि अधिकतम २० हजार सम्म प्रत्येक श्रोताले जित्ने अवसर थियो । विभिन्न ईभेन्टमार्फत पश्चिमाञ्चलमै नम्बर वान बन्न सफल एफएमले वर्षेनी ‘बिग आईकन’ नामक गायन रियालिटि शो समेत गर्दै आएको छ ।

 

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …