Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » देशकै ठुलो महानगरमा प्रचारप्रसारको अन्तिम दिन काँग्रेसको प्रचार यस्तो रह्यो

देशकै ठुलो महानगरमा प्रचारप्रसारको अन्तिम दिन काँग्रेसको प्रचार यस्तो रह्यो

बिग न्यूज
पोखरा, २८ बैशाख ।
‘देशलाई अन्धकार बनाउने पार्टी हो एमाले’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पोखरा लेखनाथ महागरपालिकाको सुकुम्बासी समस्धा समाधान गर्न गर्ने पार्टी नै नेपाली काँग्रेस भएको बताएका छन् । ‘सुकुम्बासी समस्याको समाधान नेपाली काँग्रेस पार्टीले नै गर्छ ।’ उनले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने—‘काँग्रेसले जितेको अवस्थामा मेयर तथा उपमेयरले समाधान गर्ने छन् । यहाँबाट पनि नभए केन्द्रमा आउनोस हामी लड्न तयार छौं ।’

कम्युनिष्ट पार्टीको नीति नै जनतालाई गरीब बनाउने भन्दै नेता कोइरालाले जनतालाई समृद्धि र लोकतन्त्र रक्षा गर्ने पार्टी नै काँग्रेस भएकोले चुनाव जिताउन सबैलाई आग्रह समेत गरे । वडा नं ९ पछि नेपाली काँग्रेसले चुनावी सभा सृजना चोकमा गरेको थियो ।
सृजनाचोकको चुनावी सभालाई केन्द्रीय सदस्य धनराज गुरुङले सम्बोधन गर्दै काँग्रेसको जनलहर देखेर एमाले आत्तिएको जिकिर गरे । ‘देशलाई अन्धकार बनाउने पार्टी नै एमाले हो । नक्कली राष्ट्रवादलाई नेपाली जनताले बुझेका छन् ।’ उनले भने—‘अब जनता झुक्किने छैनन् ।’ उनले काँग्रेसलाई गाली गर्दैमा एमाले राम्रो पार्टी बन्न नसक्ने दावी समेत गरे ।

ताल जोड्ने लिंक रोड बनाउनुपर्छ —कुँवर

नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाका मेयरका उम्मेदवार रामजी कुँवरले तालैतालको महानगरलाई सुन्दर र सफा शहर बनाउने अठोट लिएका छन् । पर्यटन प्रवद्र्धन गर्न सातै ताल जोड्ने लिंक रोड निर्माण गर्दै पर्यटकीय विकासको आधारशिला तयार पार्ने प्रतिबद्धता गरेका छन् ।

व्यवस्थित बसपार्क, उचित ढल निकास र अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई पहल कदमी गर्ने दायित्व र जिम्मेवारी अब नेपाली काँग्रेसको काँधमा आएको उल्लेख गरे । ‘महानगरलाई बालश्रम मुक्त शहर बनाउने योजना र नीति काँग्रेससँग छ ।’ उनले भने—‘त्यसको लागि यहाँहरु सबैको सहयोगको खाँचो छ ।’ सिंगो पार्टीको भविष्य नै जनतासँग गाँसिएकोले प्रतिष्ठा जोगाउन पनि नेपाली काँग्रेसले जित्नुपर्ने उनको भनाई थियो ।

पोखराको सृजनाचोकस्थित चुनावी सभामा बोल्दै नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार सरस्वती गुरुङले मेयरकै भनाईलाई अझ प्रष्टयाउँदै भनिन्—‘मेरो पारिश्रमक सडक बालबालिको शिक्षाको लागि खर्च गर्ने छु ।’

काँग्रेसले सार्वजनिक गरेको घोषणापत्र अक्षरस कार्यान्वयन गर्ने प्रतिबद्धता दोहो¥याउँदै उपमेयर उम्मेदवार गुरुङले जात जाति र भूगोललाई मात्रै नहेरी समग्र क्षेत्रको आर्थिक विकासमा काँग्रेसले अभियान सञ्चालन गर्ने बताईन् । ‘महिलाहरुको हकहित र स्वरोजागर बनाउने जिम्मेवारी मेरो पनि हो ।’ उनले भनिन्—‘त्यसैले काँग्रेसलाई जिताउनुपर्ने अपरिहार्यता छ ।’

सम्बृद्ध पोखराको कोशेढुंगा पुम्दीभुम्दी

पोखरा लेखनाथ वडा नम्बर २६ पुम्दी भुम्दीलाई महानगरभित्रको धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने नेपाली काँग्रेसका उम्मेदवारहरुले बताएका छन् । प्रचारप्रसारको क्रममा आयोजित चुनावी सभामा बोल्दै काँगे्रेसबाट मेयरमा उम्मेदवारी दिएका रामजी कुँवरले विश्वशान्ति स्तुपा र निर्माणाधिन शिवमन्दिरलाई पुर्वाधार मानेर धार्मिक पर्यटनको ‘हब’ बनाउन सकिने बताए ।

उनले भैरहेका धार्मिक पुर्वाधारहरुको स्तरोन्नती र निर्माण हुन लागेका पर्यटकीय संरचनाहरुको निर्माण कार्यलाई आफु निर्वाचित भएसँगै तिव्र रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए । ‘यो वडा महानगरकै विकासका लागि कोषेढुंगा साबित हुने मैले देखेको छु ।’ उनले भने–‘हामीलाई जिताउनुस्, काम भएको महशुस निकै चाँडो गर्नुहुनेछ ।’ त्यस्तै उनले पुम्दीभुम्दीमा रहेका सडकहरुको स्तरोन्नतीमा आफुले जोड दिने उल्लेख गरे ।

त्यस्तै काँग्रेसको तर्फबाट महानगरमा उपमेयरको उम्मेदवारी दिएकी सरस्वती गुरुङले पार्टीको तर्फबाट वडामा उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रतिबद्धता महानगरको कार्यकारी पदमा रहेर पुरा गर्ने विश्वास दिलाईन् । साथै उनले महानगरका युवाहरुलाई लक्षित गर्दै तत्काल उनीहरुको बेरोजगारी समस्या हटाउन रोजगारीको सृजना गराउन पहल थाल्ने उनले बताईन् ।

वडा नम्बर २६ पुम्दीभुम्दीका ईकाई सभापति देऊकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खेमराज पौडेल, सूर्यबहादुर गुरुङ, सिकप्रसाद गुरुङ, राजबहादुर गुरुङ, धर्म अधिकारी, प्रशान्त गुरुङ, नरहरी बराल, होमप्रसाद बराल, प्रकाश बराल लगाएतले बोलेका थिए । उक्त कार्यक्रममा वडाका उम्मेदवारहरु अशोक गुरुङ, मातृकाप्रसाद बराल, सन्तोष दियाली, ओमकुमारी गुरुङ र चन्द्रकुमारी कामीले आफ्नो पक्षमा मत हाल्न वडाबासीसमक्ष आग्रह गरेका थिए ।

भलाममा काँग्रेसको चुनावी सभा

यसैबीच वडा नम्बर २० भलाममा आयोजित चुनावी सभामा पनि काँग्रेसबाट महानगरका मेयर र उपमेयर पदका उम्मेदवारहरुले स्मार्ट सिटी बनाउने कुरालाई दोहो¥याए । सो चुनावी सभामा सूर्य थापा, चोलेन्द्र पौडेलसँगै वडाका उम्मेदवारहरु महेन्द्र अधिकारी, लेखबहादुर खत्री, जितबहादुर गुरुङ, डम्बरकुमारी गुरुङ र शर्मिला सुनारले काँग्रेसको योजना र नीतिलाई पूर्ण कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

वडा नम्बर १० मा ध्वनीमुक्त मोटरसाइकल ¥याली

यसैबीच पोखरा १० ईकाई समितिले आफ्नो वडा क्षेत्रमा ध्वनी प्रदुषणमुक्त मोटरसाइकल ¥याली निकालेको छ । ¥यालीपछि भएको चुनावी सभामा काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काँग्रेसमात्रै जनताको सेवक भएको बताए । उनले कम्यूनिष्टहरु विश्वबाटै हराईरहेको अवस्थामा नक्कली राष्ट्रबादको नारा दिएर एमालेले जनतालाई झुक्याउन खोजेको आरोप लगाए ।

सभामा संसद शारदा पौडेल, नेता दीपक गुरुङ लगाएतले बोलेका थिए । सभामा उम्मेदवारहरु राजकुमार गुरुङ, सम्मरबहादुर श्रेष्ठ, दीपकबहादुर थापा, निशा मल्ल र प्रतिभा बिक (पोखरेल)ले आफ्नो पक्षमा भोट हाल्न वडाबासीसंग आह्वान गरेका थिए ।

बादल स्मृति ट्रस्ट बनाईने

यसैबीच महिला संघ नगर समितिले बादल चोकमा आयोजित सभामा उपमेयरकी उम्मेदवार सरस्वती गुरुङले रामजी पौडेल ‘बादल’को सपना पुरा गर्न आफु प्रतिबद्ध रहेको बताईन् । काँग्रेसको सिपाही बादलको हत्यामा नेपाली काँग्रेस गम्भिर रहेको भन्दै ‘बादल स्मृति ट्रस्ट’को लागि छिटोभन्दा छिटो योजना अगाडि ल्याउने बताइन् ।

Check Also

पोखरा–लेखनाथ महानगरको मेयर बने मानबहादुर, स्मार्ट बन्ला त महानगर ?

पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्वार …